२०८१ बैशाख ७, शुक्रबार
नयाँ
पछिला अपडेट

नवलपुरमा स्कुल बसको ठक्करबाट ३ वर्षिय बालिकाको मृत्यु

२०७९ पौष २६, मंगलबार प्रकाशित ( साल अघि) ७९६६ पाठक संख्या

कावासोती । नवलपुरमा स्कुलबसले ठक्कर दिँदा ३ वर्षिय बालिकाको मृत्यु भएको छ ।

गैंडाकोट नगरपालिका १२ मालपुरस्थित सडकमा ग १ क २७५७ नम्बरको  सुर्यदय बोडिङ्ग स्कुलको बसले मंगलबार दिउँसो १ बजे बालिकालाई ठक्कर दिँदा बालिकाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा गैंडाकोट १२ मतकरी बस्ने वर्ष ३ को साइरा सुनि मगरलाई ठक्कर दिएको र उनको घटना स्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।

उनी आफ्नै घर अगाडी बाटोमा खेलिरहेको अवस्थामा बालिकालाई स्कुल बसले ठक्कर दिएको हो ।  ईलाका प्रहरी कार्यालय गैँडाकोटले चालक र बसलाई नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२०%४%४%१८९%२०%

प्रतिक्रिया दिनुहोस