२०८२ पौष ३०, बुधबार
नयाँ
पछिला अपडेट

मलेसियामा बन्धक बनाइएका ६ नेपालीलाई आज स्वदेश फर्काँइदै

२०७९ पौष २६, मंगलबार प्रकाशित ( साल अघि) ४४९ पाठक संख्या

वैदेशिक रोजगारीका क्रममा मलेसियामा बन्धक बनाइएका १३ नेपालीको उद्धार गरि नेपाल ल्याउन लागिएको छ। सरकारको निर्देशनपछि मलेसियास्थित नेपाली दूतावसले उद्धार गरि उनीहरुलाई स्वदेश फर्काउन लागेको हो। जस अनुसार उद्धार भएकामध्ये आज ६ जना स्वदेश फर्किने भएका छन्। बाँकी ७ जना शुक्रबार फर्किने छन्।

मलेसियाको पीआरएस फरेस्ट म्यानेजमेन्ट नामक कम्पनीमा कार्यरत उनीहरुलाई विगत एकसातादेखि बन्धक बनाइएको समाचार सार्वजनिक भएको थियो। समाचार बाहिरिएपछि हिजो प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बन्धक बनाइएका र अन्य समस्यामा परेका नेपालीहरुको अवस्था बुझि तत्काल रिहाइ तथा उद्दारको पहल गर्न मुख्यसचिव शंकरदास बैरागीलाई निर्देशन दिएका थिए।

दूतावासका अनुसार उद्धारपछि हाल उनीहरुलाई म्यानपावर कम्पनीले खर्च व्यहोर्ने गरी एक नेपाली होटलमा खाने र बस्ने व्यवस्था गरिएको छ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस