२०८१ जेष्ठ १, मंगलबार
नयाँ
पछिला अपडेट

नवलपुर जिल्ला सहकारी संघको अध्यक्षमा होमनाथ चयन

२०७९ पौष २३, शनिबार प्रकाशित ( साल अघि) ६५४ पाठक संख्या

कावासोती । नवलपुर जिल्ला बचत तथा ऋण सहकारी संघको अध्यक्षमा होमनाथ जेसी सर्वसम्मत रुपमा चयन हुनुभएको छ ।

जिल्ला बचत तथा ऋण सहकारी संस्थाको २८ औँ वार्षिक साधारण सभाले संघमा रिक्त भएको अध्यक्ष पद, उपाध्यक्ष र सदस्य गरि तीन पदमा नयाँ नेतृत्व चयन  गरेको हो ।

सहकारी संघको बाँकी अवधिका लागि अध्यक्षमा होमनाथ जैसी, उपाध्यक्षमा बद्रीनाथ नेपाल र सदस्य पदमा चन्द्रप्रसाद तिवारीलाई सर्वसम्मत रुपमा चयन गरेको छ ।

जिल्ला बचत तथा ऋण सहकारी संघको २८ औं वार्षिक साधारण सभा कार्यवहाक अध्यक्ष होमनाथ जैसीको अध्यक्षतामा सम्पन्न गरेको छ । कार्यक्रममा नेपाल बचत तथा ऋण सहकारी संघका केन्द्रीय महासचिव दामोदार अधिकारीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।

संघका संस्थापक खेमराज सापकोटा, पूर्व अधयक्षहरु ईन्द्रराज ज्योति पौडेल, माधव प्रसाद गौतम लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा स्वागत मन्तव्य संघका सह–सचिव नारायण प्रसाद पौडेलले गर्नुभएको थियो भने सहजीकरण संघका सचिव देवराज पौडेलले गर्नुभएको थियो । जिल्लामा हालसम्म ५४ वटा बचत तथा ऋण सहकारी सदस्य छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस