२०८२ चैत्र २४, मंगलबार
नयाँ
पछिला अपडेट

गण्डकी प्रदेशमा ४ दिनभित्र मुख्यमन्त्रीको दाबी गर्न आह्वान

२०७९ पौष २१, बिहिबार प्रकाशित ( साल अघि) ७५७ पाठक संख्या

पोखरा । गण्डकी प्रदेशमा चार दिनभित्र मुख्यमन्त्रीको दाबी पेश गर्न आह्वान गरिएको छ।

प्रदेश प्रमुख पृथ्वीमान गुरुङले संविधानको धारा १६८ को उपराधा २ बमोजिम मुख्यमन्त्रीका लागि दाबी पेश गर्न आह्वान गरेको मुख्यमन्त्रीको कार्यालयका प्रवक्ता चण्डीप्रसाद अर्यालले बताए।

प्रदेश प्रमुखले दुई वा दुईभन्दा बढी दलको समर्थनमा मुख्यमन्त्रीको दाबी पेश गर्न आह्वान गरेका हुन्।

गण्डकी प्रदेशमा कुनै पनि दलको बहुमत छैन। जसले गर्दा मिलिजुली सरकारका लागि आह्वान गरिएको हो।

मुख्यमन्त्रीको दाबी पेश गर्न प्रदेश प्रमुख गुरुङले पुस २५ गते अपराह्न ४ बजेसम्मको समय दिएका छन्।

गण्डकी प्रदेश सभामा ६० सांसद छन्। सरकार गठनका लागि ३१ सांसदको समर्थन आवश्यक पर्छ।

अहिले प्रदेश सभामा नेपाली कांग्रेसका २७, नेकपा ( एमाले) का २२, नेकपा ( माओवादी केन्द्र ) का ८ , राष्ट्रिय प्रजातन्त्र पार्टीका २ र १ स्वतन्त्र सांसद छन्।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
२%१%२%१%

प्रतिक्रिया दिनुहोस