२०८१ बैशाख ३१, सोमबार
नयाँ
पछिला अपडेट

नवलपुरमा ट्राफिक प्रहरीलाई भाडाको घरमा काम गर्न असहज

२०७९ पौष २१, बिहिबार प्रकाशित ( साल अघि) २३१२ पाठक संख्या

मध्यविन्दु । नवलपरासी ( बर्दघाट सुस्तापूर्व ) मा जिल्ला ट्राफिक प्रहरी कार्यालयको आफ्नै भवन नहुँदा सेवा सञ्चालन गर्न असहज भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयअन्तर्गत १३ ट्राफिक चेक पोस्ट रहेका छन् ।

जिल्ला विभाजनसँगै छुट्टिएको जिल्ला ट्राफिक कार्यालय नवलपरासी ( बर्दघाट सुस्तापूर्व ) बिलखबन्दमा छ । यसअघि समग्र दाउन्ने पूर्वको ट्राफिक व्यवस्थापन पूर्व नवलपुरबाटै चल्थ्यो ।

ट्राफिक व्यवस्थापन गर्नुपर्ने भएकाले राजमार्ग केन्द्रीत यो कार्यालय दशकौँदेखि सडकछेउ भाडाकोे घरमा सञ्चालनमा रहेको कार्यालय प्रमुख प्रहरी निरीक्षक प्रदिप थापाले बताउनुभयो ।

“पश्चिम नवलपरासीको भूमहीमा जिल्ला ट्राफिकको अत्याधुनिक कार्यालय बनिसक्दा नवलपरासी पूर्वको जिल्ला ट्राफिक प्रहरी कार्यालय २०७२ देखि भाडाको घरबाट सेवा प्रवाह गरिरहेको छ”, उहाँले भन्नुभयो । अहिले यो भवन जीर्ण छ । पुरानो घरमा यहाँ २२ ट्राफिक प्रहरी कार्यरत छन् । “कोठा अपुग हुँदा समस्या भएको छ”, थापाले भन्नुभयो ।

पूर्व–पश्चिम राजमार्गको कावासोती–३ मा यसको कार्यालय रहेको छ । साँघुरो भवनसँगै अगाडि खुल्ला ठाउँ पर्याप्त नभएका कारण काम गर्न असहज हुनाका साथै सवारीसाधन राख्नसमेत समस्या भएको ट्राफिक प्रहरी कार्यालयका सूचना अधिकारी लेखनाथ पुरीले बताउनुभयो ।

“हामीले सवारीसाधन यहाँ राख्न नसकेर प्रहरी कार्यालय नजिकको रिफ्रेससेन्टरमा राख्ने गरेका छौँ”, उहाँले भन्नुभयो, “यसले कार्य सम्पादनमा अप्ठेरो परेको छ, पर्खाल नै छैन, बिग्रियो भने सवारीसाधन बाटोमै राख्नुपर्छ ।

” नयाँ जिल्लामा नयाँ सदरमुकामको प्रारूप तयार भई सङ्घ तथा प्रादेशिक कार्यालयलाई जग्गा छुट्याइँदा पनि जिल्ला ट्राफिकका लागि भने जग्गाको टुङ्गो लाग्न सकेन । ट्राफिक प्रहरीले सडकसँग जोडिएको जग्गा खोज्दैआएको छ ।

दैनिक सडकको ट्राफिक व्यवस्थापनलगायत काममा संयोजन गर्न मुश्किल हुने गरेको छ । “समस्याबारे सबैलाई अवगत गराएका छौँ”, उहाँले भन्नुभयो । रासस

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
८%२%३%१%१%३%

प्रतिक्रिया दिनुहोस