२०८१ जेष्ठ १, मंगलबार
नयाँ
पछिला अपडेट

चिसो बढेपछि नवलपुरको जनजीवन प्रभावित, बाहिर निस्कन समस्या

२०७९ पौष १९, मंगलबार प्रकाशित ( साल अघि) ४३९ पाठक संख्या

कावासोती । पूर्वी नवलपरासीमा विगत केहि दिन देखि चिसो ह्वात्तै बढेको छ । बिहान बाक्लो हुस्सुसँगै दिनभरि कुहिरो लाग्न थालेको छ । दिनभरि घाम नलागेपछि बढ्दो चिसोका कारण जनजीवन प्रभावित बनेको हो ।

कुहिरोसँगै चल्ने चिसो हावाले बिहान स्थानीयवासी घरबाहिर निस्कन सकेका छैनन् । बजारमा चलहपहल कम भएको छ । वृद्धवृद्धा तथा बालबालिका सडकमा देखिँदैनन् । सधैंजसो भीडभाड हुने सरकारी कार्यालयमा पनि चिसोका कारण सेवाग्राही पातलिएका छन् । बिहानै खुल्ने पसल र बजार पनि ढिलो गरी खुलिरहेका छन् । साँझपख पनि चिसो झनै बढ्न थालेपछि ६ नबज्दै बजार सुनसान हुन थालेका छन् ।

यद्यपि, न्यानो कपडाका पसलमा भने ग्राहकको भीड बढेको छ । सडकपेटीमा कपडाको व्यापार बढेको देखिन्छ । सडकपेटीमा सस्तो लुगा पाउने गरेकाले ग्राहकको भीड लाग्न थालेको कावासोतीका व्यवसायी नारायणपसाद भुर्तेलले बताउनु भयो । उहाँका अनुसार स्थानीयले न्याना लुगा जोहो गर्न थालेका छन् ।

बाक्लो हुस्सु र शीतका कारण पूर्व–पश्चिम राजमार्गमा यातायात सञ्चालन पनि प्रभावित भएको छ । कठ्यांग्रिँदो चिसोसँगै बाक्लो हुस्सु लाग्दा सवारी साधनको आवागमनमा असर परेको हो । बाक्लो हुस्सुले गर्दा बिहान १० मिटरभन्दा पर देख्न सकिँदैन, सवारी साधन कम गतिमा बत्ती बालेर गुड्न थालेका छन् । हुस्सुले दुर्घटनाको जोखिम बढेको नारायाणघाट कावासोती रुटमा चल्ने बसका चालक मनोज महतो बताउनु हुन्छ ।

चिसोकै कारण जिल्लामा बिरामीसमेत बढेका छन् । चिसोसँगै दम, निमोनिया, रुघाखोकी, ज्वरोलगायत रोगका बिरामी बढेका हुन् । एकाएक बढेको चिसोसँगै बिरामीको संख्या ह्वात्तै बढेको मध्यविन्दु जिल्ला अस्पतालका मेडिकल सुपरिटेन्डेट डा। जितेन्द्र कंडेलले बताउनु भयो । बालबालिका, वृद्धवृद्धा, मुटु, मिर्गौला, मधुमेह तथा अन्य दीर्घरोगी चिसोले थप जोखिममा भएकाले यो मौसममा उनीहरूले विशेष ख्याल पु¥याउन ुपर्ने उहाँको सुझाव छ ।

बढदो चिसोको कारण खेतीबालीमा समेत असर पर्न थाले पछि कृषकहरु चिन्तित भएका छन । खेतबारीमा लगाएका मुसुरो, खेसारी, आलस, रहर लगायत दलहन र तेलहन बाली र काउली, गोलभेँडा, मटरलगायत तरकारी बाली प्रत्यक्षरुपमा चिसोबाट प्रभावित भएको कावासोती ११ का किसान हाँसीराम महतो बताउनु हुन्छ । आलु, गोलभेँडाको खेती पछिल्ला दशकमा व्यवसायिकरुपमा भइरहे पनि वर्षेनी चिसोको प्रकोपवाट यी बाली जोगाउन किसानलाई मुश्किल हुनेगरेको छ ।

यो रोगवाट जोगाउन कतिपय किसानले ‘टनेल’९पारदर्शी प्लाष्टिको छानासहितको टहरो० बनाएर त्यस मुनि गोलभेँडालगायत तरकारी बालीको खेती गर्ने गरेका पनि छन् । टनेलको व्यवस्थापन गर्न नसक्ने कतिपयले बिषादी पनि छर्किने गरेका छन् । यस्तो अवस्थामा विषादी प्रत्येक सात÷आठ दिनको फरकमा छर्किन सकेमा मात्र बोली जोगाउन सकिने सल्लाह कृषि प्राविधिकले दिने गरेका छन् । पटक–पटक बिषादी किनेर छर्किनका लागि कमजोर आर्थिक अवस्था भएका किसानलाई क्षमता नहुँदा उनीहरुलाई बाली जोगाउनै मुश्किल छ ।

रातिको तापक्रम पाँच डिग्री सेल्सियसभन्दा तल जाने र आद्रता बढ्न गई शीत पर्ने तथा चिसो मौसमको अवस्थामा रहने हुँदा ढुसी सक्रिय हुन गई बोटमा चिसोकोे सङक्रमण देखिने गरेको कृषि प्रविधिकको भनाइ छ । लामो समयसम्म हुस्सु र कुहिरो लागेर धेरै चिसो भइरहँदा ओसिलो जग्गामा गरिएको आलु, गोलभेँडालगायतको बालीमा चिसोको सङ्क्रमणको समस्या हुने गरेको कृषि ज्ञान केन्द्र पूर्वी नवलपरासीले जनाएको छ । रासस

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस