२०८१ बैशाख ३१, सोमबार
नयाँ
पछिला अपडेट

सिटिजन्स बैंक कोल्हुवाले गर्यो बीमा रकम हस्तान्तरण साथै कर्जा मिनाहा

२०७९ पौष १९, मंगलबार प्रकाशित ( साल अघि) ८१८ पाठक संख्या

कोल्हुवा । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको लघुवित्त परियोजनाअन्तर्गत शाखा कार्यालय कोल्हुवाका ग्राहक चोला कुमारी जिसिको मृत्यु भएकोमा निजका पति दुर्गा बहादुर जिसिलाई रु ४ लाख ४० हजार १५८.६६ नगद हस्तान्तरण गरेको छ ।

उक्त रकम सिटिजन्स बैंक लघुवित्त विभागका कर्मचारी झडीलाल महतोले यही पुस ८ गते एक कार्यक्रमबीच हस्तान्तरण गरेका हुन् ।

लघुवित्त परियोजनामा आवद्ध ऋणीहरुको अनिवार्य जीवन बीमा गरेको हुनाले मृत्यु भएका ग्राहकको काजकिरिया खर्चसहित बैंकले बीमा कम्पनीमा रकम दाबी गरी सो रकम ग्राहकका परिवारलाई हस्तान्तरण गरेको कोल्हुवा शाखाका प्रबन्धक हरि प्रसाद अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार मध्यविन्दु नगरपालिका – १ गुड्चरी निवासी स्व.चोला कुमारी जिसिले तिर्न बाँकी रहेको २ लाख  ९४ हजार ४ सय ४५ रुपैयाँ कर्जा मिनाहा पनि गरेको छ ।

सिटिजन्स बैंकले नवीनतम प्रविधिको अधिकतम प्रयोग गर्दै सावधानीपूर्वक आफ्ना ग्राहकका वित्तीय आवश्यकताहरु डिजिटली प्रदान गरिरहेको छ । यसलाई मूर्त रुप प्रदान गर्न बैंकले चेकको प्रयोग नगरी आफ्नो मोबाइल बैंकिङ एपमा लग–इन गरेर काउन्टरमा भएको क्यूआर कोड स्क्यान गरी खाताबाट रकम झिक्न स्क्यान एन्ड विथड्र सेवा, मोबाइल बैंकिङको पिन नम्बर बिर्सेमा बैंकको शाखामा गएर निवेदन दिने झन्झटबाट मुक्त हुन घरबाटै पिन रिसेट गर्न सकिनेजस्ता सेवाहरुको थालनी गरेको छ ।

ग्राहकलाई सकेसम्म बैंकमा नआइकनै बैंकिङ सुविधा प्राप्त गर्न सहज होस् भनी यस बैंकमा बचत खाता सञ्चालन गर्दै आएका ग्राहकलाई बैंकको मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, सेयर कारोबारको सहजीकरणका लागि डि–म्याट तथा आस्बा सेवा, कार्डलगायतका विद्युतीय भुक्तानीका माध्यमहरुमा पहिलो वर्षको शुल्क मिनाहा हुने व्यवस्थ समेत मिलाएको छ । यस प्रकारको सेवाबाट बैंकका ग्राहकहरुले सहज रुपमा सेवा प्राप्त गरी लाभान्वित हुने, डिजिटल बैंकिङ सभ्यताको विकासमा सहयोग पुग्ने विश्वास बैंकले लिएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
३%२%१%

प्रतिक्रिया दिनुहोस