२०८१ बैशाख ३१, सोमबार
नयाँ
पछिला अपडेट

गृह मन्त्रालयले गठन गर्‍यो राहदानी वितरण सहज बनाउन विज्ञको टोली

२०७९ पौष १६, शनिबार प्रकाशित ( साल अघि) ४२० पाठक संख्या

काठमाडौं । गृह मन्त्रालयले राहदानी वितरण सहज बनाउन विज्ञ टोली गठन गरेको छ। गृहमन्त्रालयले राहदानी, नागरिकता र राष्ट्रिय परिचय पत्र वितरणलाई सहज बनाउन विज्ञ टोली गठन गरेको हो।

गृहमन्त्रालयका प्रवक्ता सहसचिव फणिन्द्रमणि पोखरेलले सूचना प्रविधि विज्ञहरूको टोली गठन गरेर अध्ययन सुरु गरिएको जानकारी दिए ।

उनका अनुसार विज्ञको टोलीले अध्ययन सुरु गरिसकेको छ। अध्ययन प्रतिवेदनका आधारमा समस्याको समाधानतर्फ लागिने उनले बताए।

मन्त्रालयको जिम्मेवारी सम्हालेपछि गृहमन्त्री रवि लामिछानेले राहदानीलगायत महत्वपूर्ण परिचय पत्र वितरणलाई सहज बनाउने र लाइन लाग्नु पर्ने बाध्यता हटाउने बताएका थिए। उनले राहदानी भागमा अनुगमन समेत गरेका थिए ।

शनिबार मात्रै प्रधानमन्त्री प्रचण्डसँग भेट गरी नागरिकलाई सहज रुपमा सेवा दिनका लागि विज्ञको टोली गठन गरिएको विषयमा छलफल गरेका थिए।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%

प्रतिक्रिया दिनुहोस