२०८१ जेष्ठ १, मंगलबार
नयाँ
पछिला अपडेट

गैर सरकारी संस्था महासंघ नवलपुरको अध्यक्षमा सापकोटा

२०७९ पौष ११, सोमबार प्रकाशित ( साल अघि) ६१७ पाठक संख्या

कावासोती । गैर सरकारी सस्था महासंघ नवलपुरको दसौ अधिवेशनबाट खेमराज सापकोटाको अध्यक्षयतामा ११ सदस्यीय कार्यसमिती चयन भएको छ ।

सस्थाले २४औ साधरण सभा र दसौ अधिवेशन आज सम्पन्न गरेको हो । जसको उपाध्यक्षमा जनक तिवारी, सचिबमा दिपक शर्मा सहसचिवमा सुभाष देबकोटा र कोषाध्यक्षमा निर्मला पौडेल निर्बिरोध चयन भएका छन् ।

त्यसैगरी सदस्यहरुमा सारदा पाण्डे , देबिसरा पुलामी , बेल बहादुर पौडेल , लेखनाथ दवाडी , सुरज गरे र हुमकला पोख्रेल चयन भयको निर्बाचन समितिका सम्योजक ईन्द्र ज्योती पौडेलले जानकारी गराएका हुन् । गैर सरकारी सस्था महासंघका केन्द्रिय अध्यक्ष राम प्रसाद सुबेदिको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा सुबेदिले सामाजिक कार्यमा निरन्तर लागिरहेको महासंघ पछिल्लो समयमा स्थानिय तह सङ्ग सहकार्य नहुदा गतिविधि कम देखिएको अबका दिनमा महासंघले कार्यबिधी बनाएर स्थानिय तह सङ्ग मिलेर काम गर्ने बिदेशीले सहयोग गर्छकी भनेर नकुर्ने समेत बताएका छन् ।

स्थानिय तहमा ठूलो बजेट बिनियोजन हुन्छ त्यो बजेट शीर्षक अनुसार महासंघ सङ्ग सहकार्य गर्न सुबेदिले अनुरोध गरेका छन । कार्यक्रममा महासंघका केन्द्रिय उपाध्यक्ष भिम प्रसाद शर्मा , राजेन्द्र प्रसाद पौडेल, नेपाल पत्रकार महासंघ अध्यक्ष बिरेन्द्र पराजुली , नवलपुर उधोग वाणिज्य  संघका अध्यक्ष बैकुन्ठ अर्याल लगायतले शुभकामना व्यक्त गरेका थिए ।

सस्थाका अध्यक्ष बद्री नाथ नेपालको अध्यक्षयतामा भयको कार्यक्रममा सामाजिक क्षेत्रमा योगदान पुर्यायका विभिन्न सामाजिक संघ सस्थालाई महासंघले सम्मान गरेको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस