२०८१ बैशाख ८, शनिबार
नयाँ
पछिला अपडेट

ब्रहम बचत सहकारीको २९औं वार्षिक साधारण सभा सम्पन्न

२०७९ पौष ९, शनिबार प्रकाशित ( साल अघि) ८४४ पाठक संख्या

कोल्हुवा । नवलपुरको मध्यविन्दु -३ ईटौरा स्थित ब्रहम बचत तथा ऋण सहकारी सस्थाको २९औं वार्षिक साधारण सभा आज सम्पन्न भएको छ । सभाको उद्घाटन प्रमुख अतिथी मध्यविन्दु नगरपालिका सहकारी शाखाका प्रमुख बिष्णु प्रसाद शर्माले गर्नुभएको थियोे ।

प्रमुख शर्माले सहकारी क्षेत्रलाई अगाडि बढाउन सके आम जनताको जीवनस्तर उकास्न सहज हुने बताउनुभयो । सहकारीले दिने सेवा सुबिधाहरुको अथवा सहकारीमा हुदाको फाइदा बारेमा जानकारी दिदै अब आउने दिनहरुमा सहकारीलाई नयाँ नीति नियम र प्राविधिको प्रयोग गरेर सहकारीलाई अगाडि बढाउनु पर्ने आवश्यकता रहेको विचार व्यक्त गर्नुभयो ।

IMG 20221224 WA0038

संस्थाको अध्यक्ष काशीराम पाठकको सभापतित्वमा सम्पन्न सभामा संस्थाका कोषाध्यक्ष सुभाष नेपालले वार्षिक प्रगती प्रतिवेदन प्रस्तुत गर्नुभएको थियोे । संस्थाका अध्यक्ष काशिराम पाठकले सहकारीलाई अझै बिस्तार एवम व्यस्थित गर्नका  निम्ति मध्यविन्दु वडा नंम्बर ४ लाई समेत समावेश गरी अघि बढ्ने जनाउनु भएको छ ।

IMG 20221224 WA0021

कार्यक्रमको स्वागत मन्तवय संस्थाको उपाध्यक्ष सरस्वती पंन्थीले गर्नु भएको थियो भने लेखा समितिका संयोजक निम प्रसार पाठकले लेखा प्रतिबेदन प्रस्तुत गर्नु भएको हो । सधारण सभाको अवसरमा संस्थाले उत्कृष्ट विद्यार्थीलाई समेत  सम्मान गरेको छ ।

IMG 20221224 WA0041

त्यस्तै कार्यक्रममा बिशेष अतिथी जिल्ला बचत तथा ऋण सहकारि सस्थाका सदस्य बद्रीनाथ नेपाल, गरिबी संस्थाकी अध्यक्ष प्रभा गिरी, वडा अध्यक्ष तिलक न्यौपाने, विष्णुप्रसाद काफ्ले लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

IMG 20221224 WA0024

साधारण सभा कार्यक्रममा वडा अध्यक्ष रामभक्त अधिकारी , वडा अध्यक्ष मानबहादुर महतो , सहकारी विज्ञ मुकुन्द प्रसाद पौडेल, देवीप्रसाद पौडेल, नमुना सहकारीकी अध्यक्ष तारा वगाले, इन्द्र बहादुर खड्का, रामप्रसाद लम्साल , युक्त नारायण अर्याल, विमला कुवर , भरतकुमार श्रेष्ठ, नेत्र प्रसाद भण्डारी, शान्ति केसी, शान्ति गुरै , अम्बिका गैरे , महेन्द्र लम्साल , बाल चन्द घिमिरे , भगवती काफ्ले र विभिन्न संंघ संस्थाका पर्धाधिकारी , समाजसेवि तथा उपभोक्ताहरुको उपस्थीतिमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रम सञ्चालन भने जगतबन्धु आर्यालले गर्नुभएको थियो ।

1671900552751

IMG 20221224 WA0036IMG 20221224 WA0040

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%१%

प्रतिक्रिया दिनुहोस