२०८२ अषाढ १०, मंगलबार
नयाँ
पछिला अपडेट

अर्जेन्टिनाको जितको कामना गर्दै मेस्सीका नाममा ग्रह शान्ति पूजा गुर्दे एक युवक

२०७९ पौष ३, आईतबार प्रकाशित ( साल अघि) ६३७ पाठक संख्या

कतारमा जारी फिफा विश्वकप फुटबलको फाइनल खेलमा अर्जेन्टिनाको जितको कामना गर्दै एक नेपाली युवकले आफ्नै घरमा अर्जेन्टिनाका कप्तान लिओनल मेस्सीको नाममा ग्रह शान्ति पूजा गरेका छन् । शनिवार मकवानपुरको हेटौँडा(११ नवलपुरका सागर घिमिरेले आफ्नै घरमा अर्जेन्टिनाको जितको लागि पूजा गरेका हुन् ।

उनले समय चक्रमा ग्रहहरूका कारण गर्न खोजेका काममा वाधा–अड्चनहरू आउने र सोचेको कामहरू नबन्ने भएकाले ग्रह पूजा गरेको बताए । मेस्सीलाई विश्वकप जित्न ग्रहहरूले वाधा–अड्चन नपुर्‍याओस् भन्ने उद्देश्यले ग्रह शान्ति पूजा गरेको घिमिरेले बताए ।

आज आइतबार राति ८ः४५ बजेबाट कतार विश्वकपको फाइनल खेल हुँदै छ । उपाधिको लागि अर्जेन्टिना र फ्रान्स भिड्दै छन् । अर्जेन्टिना र फ्रान्स दुवैले दुईरदुई पटक विश्वकपको उपाधि जितिसकेका छन् ।

अर्जेन्टिनाले १९८६ पछिको विश्वकपको उपाधि हात पार्न सकेको छैन । अर्जेन्टिना यसअघि ब्राजिलमा सन् २०१४ मा भएको विश्वकपको फाइनलमा पुगेर जर्मनीसँग पराजित भएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस