२०८१ जेष्ठ २, बुधबार
नयाँ
पछिला अपडेट

पत्रकार महासंघ नवलपुरको दोस्रो साधारण सभा सम्पन्न

२०७९ पौष १, शुक्रबार प्रकाशित ( साल अघि) ४२८ पाठक संख्या

कावासोती । नेपाल पत्रकार महासंघ नवलपुरको दोस्रो साधारण सभा आज सम्पन्न भएको छ । कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री माननीय कृष्णचन्द्र नेपाली पोख्रेलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथी रहनुभएका पोख्रेलले कोभिडको बेलामा पत्रकारले खेलेको भूमिका शरहाणीय रहेको बताउँदै गण्डकी प्रदेश सरकारले पत्रकारका लागि निःशुल्क स्वास्थ्य विमाका लागि पहल गरिरहेको जानकारी गराउनुभएको थियो ।

Fdgdfg1671190023

उहाँले भन्नुभयो: गण्डकी प्रदेश सरकारको कान्छो जिल्ला रहेको नवलपुर जिल्लाको पत्रकार महासंघको भवन शिलान्यास भइसकेको र भवन निर्माणका लागि प्रदेश सरकारले सहयोग गर्ने समेत बताउनुभएको थियो ।

9FF9D861 6444 401F 909E 8C3181D2D241.jpeg

साधारण सभाको अवसरमा स्व:कृष्णलाल पराजुलीको स्मृतिमा एकजना पत्रकारलाई पत्रकार पुरस्कार वितरण गरिएको छ । नवलपुरका पत्रकार डा.भूमिराज चापागाईंलाई उक्त पुरस्कार प्रदान गरिएको हो । उक्त कार्यक्रमको संचालन संघका सचिव विष्णु गौडेलले गर्नुभएको थियो ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस