२०८२ अषाढ १०, मंगलबार
नयाँ
पछिला अपडेट

बाघको आक्रमणबाट एक सिंगे गैँडाको मृत्यु, अर्को गैँडाको जुधेर मृत्यु

२०७९ मंसिर २९, बिहिबार प्रकाशित ( साल अघि) ६५४ पाठक संख्या

चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रमा एक सिंगे गैँडाको मृत्यु भएको छ । निकुञ्जको अमलटारी सेक्टरको कुजौलि रेञ्जपोष्ट अन्तर्गत नारायणी नदी किनारस्थित निकुञ्जको कोर क्षेत्रमा गैँडा मृत फेला परेको हो ।
बुधबार बिहान ११ बजे निकुञ्जको नियमित गस्ती टोलीले भेला गैँडालाई मृत अवस्थामा भेटेको निकुञ्ज प्रशासनले जनाएको छ ।

अन्दाजी ६ महिना ९खाग नपलाएको० उक्त गैँडाको बाघको आक्रमणबाट मृत्यु भएको जनाइएका छ ।
यसैगरी चितवन राष्ट्रिय निकुञ्जको अमलटारी सेक्टर लामिचौर पोष्ट अन्तर्गत गुन्द्रही ढका मध्यवर्ती सामुदायिक वन क्षेत्रमा पनि अर्को गैँडा मृत फेला परेको छ । बिहीबार बिहान निकुञ्जको नियमित गस्ती टोलीले पोथी गैँडा मृत अवस्थामा भेटेको हो ।

अन्दाजी १५ वर्ष उमेरको उक्त गैंडाको आपसमा जुधेर मृत्यु भएको निकुञ्ज प्रशासनले जनाएको छ । योसँगै चितवन राष्ट्रिय निकुञ्ज र निकुञ्जको मध्यवर्ती क्षेत्रमा चालू आवमा मृत्यु हुने गैडाको संख्या ५ वटा रेकर्ड गरिएको छ ।रातोपाटि

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस