२०८२ अषाढ ११, बुधबार
नयाँ
पछिला अपडेट

सरकारले ल्याउन लागेको अध्यादेशको चौतर्फी आलोचना

२०७९ मंसिर २७, मंगलबार प्रकाशित ( साल अघि) ८६८ पाठक संख्या

काठमाडौ । सरकारले नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरीलाई रिहा गर्न ल्याउन लागेको अध्यादेशको चौतर्फी आलोचना भैरहेको छ ।

प्रतिनिधि सभाका सान्सद गगन थापाले अध्यादेश हिजो पनि गलत थियो र आज पनि गलत छ भन्दै सरकारले छलफल नगरी अध्यादेश ल्याएको भन्दै आलोचना गरेका छन । सोही अध्यादेशको विरुद्धमा
मङलवार काठमाडौमा नागरिक समाजले प्रदर्शन गरेको छ ।

उक्त प्रदर्शनमा मानव अधिकार कर्मी कपिल श्रेष्ठले सरकारले दण्डहीनता बढाएको बताउदै यदि अध्यादेश आइहाल्यो भने आन्दोलन झन चर्किने बताउनु भयो । कार्यक्रममा मानव अधिकारकर्मी चरन प्रसाईं, कृष्ण गौतम , मन्जु गुरुङ लगायतको उपस्तिथि रहेको थियो ।

सरकारले ल्याएको अध्यादेशको विरुद्धमा नेपाल प्रहरीका पुर्व प्रहरी महानिरीक्षकहरुले राष्ट्रपति समक्ष गएको अध्यादेश खारेजीको अपिल गरेका छन ।

सरकारले ल्याउन लागेको अध्यादेश प्रमाणीकरणको लागि राष्ट्रपति समक्ष पुगेको छ । यद्यपि राष्ट्रपति कार्यालयबाट आधिकारिक जवाफ आएको छैन ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस