२०८१ जेष्ठ १, मंगलबार
नयाँ
पछिला अपडेट

नवलपुरका २ सय जना बिरामी, बिहेमा भोज खाएपछि

२०७९ मंसिर २६, सोमबार प्रकाशित ( साल अघि) ३९३८ पाठक संख्या

कावासोती ।  नवलपुरको गैंडाकोटबाट भरतपुर बिहेमा गएका जन्तीले भोज खाएपछि झन्डै २ सय जना विरामी भएका छन् । गैँडाकोटबाट भरतपुर जन्ती आएका उनीहरुले भरतपुरमा रहेको चितवन गार्डेन रिसोर्टमा शुक्रबार बिहे भोज खाएपछि बिरामी भएका हुन्।

गैंडाकोट नगरपालिका वडा नम्बर १ का गणेश ढकालको बिहे भोजमा सहभागी अधिकांश बिरामी परेको स्थानीय एकराज सापकोटाले जानकारी दिए । भोज खाएका कारण बिरामी परेका एकराजले आफूसहित ७० जनाको चितवनको नेसनल सिटी अस्पतालमा उपचार जारी रहेको बताए ।

दुलही करिष्मा अधिकारीको घर हाकिम चोक भएपनि रिसोर्टबाट बिहे भएको थियो । भोज खाएकाहरूलाई ज्वरो आउने, पेट दुख्ने, पखाला लाग्ने समस्या भएपछि अस्पताल भर्ना भएका सविन लम्सालले बताए । माइती र जन्ती गरेर ५ सय जना बिहेभोजमा सहभागस् रहेको एकराज सापकोटाको भनाई छ । केहीको स्थानीय अस्पतालमा उपचारपछि घर फर्किइसकेका छन् ।

अस्पतालका प्रबन्ध निर्देशक विक्रम अधिकारीले एउटै भोजमा सहभागी बिरामीले अस्पताल भरिएको बताए। ‘एउटै भोजमा सहभागी भएर पखाला, वान्ता, ज्वरो आएका बिरामीहरू अस्पताल आउने उपचार गर्ने जाने क्रम अहिले पनि चलिरहेको छ’– उनले भने । भरतपुर अस्पतालमा पनि केही बिरामी रहेको अस्पतालका सूचना अधिकारी गोपाल पौडेलले जानकारी दिए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१०%४%१०%१%२१%३%

प्रतिक्रिया दिनुहोस