२०८२ अषाढ ११, बुधबार
नयाँ
पछिला अपडेट

९२ किलो गाँजासहित तीन आरोपित पक्राउ

२०७९ मंसिर २६, सोमबार प्रकाशित ( साल अघि) ३२९ पाठक संख्या

सिराहा प्रहरीले जिल्लाको उत्तरवर्ती धनगढीमाई नगरपालिका– १२ कुसमाहा खुट्टीखोलाक्षेत्रबाट प्रतिबन्धित गाँजासहित तीनजनालाई पक्राउ गरेको छ ।

सिराहा प्रहरीका अनुसार उनीहरूले चारवटा प्लाष्टिकको बोरामा प्याक गरिएको ९२ किलो गाँजा बोकेर उत्तरबाट दक्षिणतिर आउँदै थिए ।

पक्राउ पर्नेमा सिराहा भगवानपुर गाउँपालिका– ४ का ४४ वर्षीय शिवनाथ मण्डल, ५५ वर्षीय बेचु मण्डल र सप्तरीको बोदेबर्साइन नगरपालिका– ९ का ४८ वर्षीय रामकुमार साह छन् ।
पक्राउ परेकाहरूविरुद्ध प्रहरीले लागूऔषध मुद्दामा सिराहा जिल्ला अदालतबाट अनुसन्धानका लागि सात दिनको म्याद लिएर अनुसन्धान अगाडि बढाइएको सिरहा प्रहरीका सूचना अधिकारी डिएसपी सुवास बुढाथोकीले जानकारी दिए ।

इलाका प्र्रहरी कार्यालय लाहान र विष्णुपुरकट्टीको संयुक्त टोलीले चार दिनअघि पनि गाँजासहित तीनजनालाई पक्राउ गरेको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस