२०८२ अषाढ ५, बिहिबार
नयाँ
पछिला अपडेट

चिनजानका व्यक्तिबाटै कञ्चनपुरमा १७ वर्षिया किशोरीमाथि बलात्कार, तीन जना पक्राउ

२०७९ मंसिर २५, आईतबार प्रकाशित ( साल अघि) ५४१ पाठक संख्या

कञ्चनपुरमा १७ वर्षिया किशोरी बलात्कारगर्ने तीन जना प्रकाउ परेका छन् । जिल्लाको बेलौरी नगरपालिका स्थित कक्षा ९ मा अध्ययन किशोरीलाई बलात्कार गरेको भन्दै प्रहरीले ३ जनालाई पक्राउ गरेको हो ।

किशोरी र परिवारजनको जाहेरीका आधारमा बेलौरीकै २० वर्षीय दीपक बोट, ३७ वर्षीय साधुराम राना र ३३ वर्षीय हरिशंकर रानालाई पक्राउ गरी थप अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय बेलौरीका प्रहरी निरीक्षक दानसिंह भण्डारीले जानकारी दिएपक्राउ परेका तीनै जना किशोरीको चिनजानको व्यक्ति हुन् । उनीहरु तीन जनाले किशोरीलाई फरक फरक मितिमा बलात्कार गरेको प्रहरीले जनाएको छ ।

किशोरीको महिनावारी रोकिएपछि परिवारका सदस्यहरूले घटनाबारे थाहा पाएका थिए र किशोरीलाई स्वास्थ्य परीक्षणका लागि सेती प्रादेशिक अस्पताल धनगढी लगिएको छ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस