२०८१ जेष्ठ १, मंगलबार
नयाँ
पछिला अपडेट

बस दुर्घटना हुँदा २० जना घाइते, आठको अवस्था गम्भीर

२०७९ मंसिर २४, शनिबार प्रकाशित ( साल अघि) ५७७ पाठक संख्या

नुवाकोट । नुवाकोटमा बस दुर्घटना हुँदा २० जना घाइते भएका छन् । विदुर नगरपालिका–१० भैंसेमा दुई वटा बस ठोक्किँदा दुर्घटना भएको हो ।

घाइतेमध्ये ८ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार घाइतेको जिल्ला अस्पताल त्रिशूलीमा उपचार भइरहेको छ ।

बा ४ ख ८८२ नम्बरको बस र प्रदेश ३ ०१००५ ख ९३५४ नम्बरको बस ठोक्किएका हुन् ।

ठक्करपछि प्रदेश ३ ०१००५ ख ९३५४ नम्बरको बस सडकमै पल्टेको हो । पासाङल्हामु यातायात व्यवसायी समितिका दुबै बस रसुवाबाट आएका हुन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%४%

प्रतिक्रिया दिनुहोस