२०८१ बैशाख ८, शनिबार
नयाँ
पछिला अपडेट

मध्यविन्दुमा अभिमुुखिकरण कार्यक्रम सम्पन्न

२०७९ मंसिर २४, शनिबार प्रकाशित ( साल अघि) ४६७ पाठक संख्या

कोल्हुवा । फुलबारी सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्रमा रिड नेपालको आयोजनामा सुदृढ जोखिम व्यवस्थापन तथा समावेशी आर्थिक-सामाजिक विकास मार्फत समुदायको उत्थानशिलता अभिवृद्धि परियोजना अन्तर्गत जलवायु उत्थानशिल अभिमुखी कार्यक्रम सम्पन्न भएको छ।

मध्यविन्दु नगरपालिका वडा नम्बर २ मा रहेको वडा कार्यालयको हलमा भएको जलवायु उत्थानशिल परिदृष्य (अवस्था) को लेखाजोखा गरि सुधारका लागि सुझाव तयार अभिमुखी कार्यक्रम चुनादेवी पंगेनीको अध्यक्षतामा सम्पन्न भएको थियोे । वडा अध्यक्ष रामभक्त अधिकारीको प्रमुख आतिथ्यता र कार्यक्रम संयोजकको रुपमा काशीराम पाठक हुनुहुन्थ्यो।

IMG 20221210 WA0023

कार्यक्रममा बोल्ने बक्ताहरुले जलवायु परिवर्तनको असर देखिन थालेको बताएका थिए । यसले धेरै समस्या बनाउने भन्दै यस तर्फ ध्यान दिन समेत उनीहरुको आग्रह रहेको थियो । कृषि क्षेत्रमा पनि जलवायु परिवर्तनले असर पुग्ने भएकाले कृषकहरुले अनुकुलन अनुसार खेती गर्नु पर्ने सहभागीहरुको भनाइ रहेको थियो ।

अतिथि हरुमा क्रमशः जनक कुमार केसि , वडा मानबहादुर महतो , पितम्बर तिमल्सेना, बद्रीनाथ नेपाल ,  नारायणी कार्की लगाएत टोल विकास संस्थाका अध्यक्षहरु आमा समूहका अध्यक्षहरु, विभिन्न संघसंस्थाका अध्यक्षहरु, विद्यालयका शिक्षक नायकहरुको सम उपस्थितिमा कार्यक्रम संचालन भएको थियो ।

IMG 20221210 WA0016

आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई अझ प्रभावकारी बनाउन सवैले साथ सहयोग समन्वय गर्न आवश्यक रहेको भन्दै वडाध्यक्ष रामभक्त अधिकारीले कार्यक्रम समापन गर्नुभएको थियो ।

IMG 20221210 WA0017

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
३%१%

प्रतिक्रिया दिनुहोस