२०८१ बैशाख १३, बिहिबार
नयाँ
पछिला अपडेट

एक लाख नाघ्यो एक तोला सुनको भाउ

२०७९ मंसिर २३, शुक्रबार प्रकाशित ( साल अघि) ५५१ पाठक संख्या

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको मूल्य ह्वात्तै बढेको जानकारी दिएको छ । महासंघले आजको कारोबार भाउ तोक्दै ६०० रुपैयाँले बढेर प्रतितोला १ लाखभन्दा माथि पुगेको जानकारी दिएको छ । पछिल्लो समय निरन्तर बढिरहेको सुनको मूल्य ६ महिनापछि १ लाखमाथि पुगेको छ । यससँगै, आज छापावाल सुनको मूल्य तोलामा १ लाख ३०० र तेजाबी सुनको मूल्य तोलामा ९९ हजार ८०० रुपैयाँ छ ।

 

हिजो बिहीबार छापावाल सुनको मूल्य तोलामा ९९ हजार ७०० र तेजाबी सुनको मूल्य ९९ हजार २०० रुपैयाँ थियो । छापावाल सुनको मूल्य यो महिनाको सुरूवातमा ९८ हजार रुपैयाँ थियो । यस्तै, तेजाबी सुनको मूल्य ९७ हजार ५०० रूपैयाँ थियो । यस अवधिमा सुनको भाउ तोलामा २३ सय रुपैयाँ बढेको छ ।

यस्तै, आज चाँदीको मूल्य तोलामा १३ सय ९० रूपैयाँ कायम भएको छ । हिजो बिहीबार तोलामा १३ सय ६० रुपैयाँ रहेको थियो । महासंघका अनुसार एकै दिनमा चाँदीको मूल्य तोलामा ३० रुपैयाँले बढेको हो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस