२०८१ बैशाख १६, आईतबार
नयाँ
पछिला अपडेट

महिनावारीको समस्या समेटिएको म्यूजिक भिडियो सार्वजनिक

२०७९ मंसिर २२, बिहिबार प्रकाशित ( साल अघि) २९८ पाठक संख्या

महिलाहरुले महिनावारीको समयमा भोग्ने समस्यालाई समेटिएर बनाइएको म्यूजिक भिडियो सार्वजनिक भएको छ ।
महिनावारीको समयमा महिलाहरुले पहिल चरणमा घरबाटै हिंसा भोग्नु परेको ‘पर पर छु’ नामक सार्वजनिक भिडियोमा देखाइएको छ । महिनावारी स्वास्थ्य र स्वच्छता व्यवस्थापन साझेदारहरूको सञ्जाल ९एमएचएमपीए०ले बनाएको सो भिडिओमा महिनावारीका समयमा भोगिने समस्यालाई उजागर गरिएको छ ।

अन्तर्राष्ट्रिय मर्यादित महिनावारी दिवसको अवसरमा भिडियो सार्वजनिक गरिएको हो ।

एमएचएमपीए नेपाल र प्रकाश सपुत फाउन्डेसनले निर्माण गरेको म्युजिक भिडियोमा प्रकाश सपुत र केकी अधिकारीको अभिनय छ भने तुलसी कुमारी बोहराको स्वर छ । समाजमा महिलामाथि हुने यस्ता प्रकारका हिंसालाई नजिकबाट नियाल्ने मौका पाएको सपुत र अधिकारीले बताएका छन् । आफूले कर्णालीमा रहेर काम गर्दा त्यहाँका महिलाहरुले परिवारबाट नै विभिन्न प्रकारका समस्याहरु भोग्ने गरेको अभिनेतृ अधिकारले बताइन् ।

म्युजिक भिडियोमा एक महिलालाई महिनावारीको समयमा घरपरिवारले छुट्टै राख्दा उसले भोग्ने समस्याका साथै महिनावारीको समयमा महिलाहरु घरमा नै असुरक्षित तथा घरमा भएर पनि घर भन्दा ‘पर’ महसुस गर्ने गरेको देखाइएको छ ।

 

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस