२०८१ बैशाख १७, सोमबार
नयाँ
पछिला अपडेट

नवलपुरमा कुष्ठरोग संक्रमण दर घट्दै

२०७९ मंसिर २०, मंगलबार प्रकाशित ( साल अघि) ३४१ पाठक संख्या

कोल्हुवा । नवलपुरमा कुष्ठरोगीको संख्या क्रमिकरूपमा घट्दै गइरहेको छ । नेपाल सरकारले प्राथमिक स्वास्थ्य केन्द्रमार्फत निःशुल्करूपमा औषधि उपलब्ध गराउनुका साथै समयमा उपचार गराएमा पूर्णरूपमा रोग निको हुने विश्वास जनचेतनामार्फत जागृत गराइएपछि रोगीको संख्या क्रमिकरूपमा घट्दै गइरहेको हो ।

चालु आर्थिक वर्षको कात्तिक मसान्त सम्म ५ जना नयाँ कुष्ठरोगी भेटिएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख केशव प्रसाद चापागाईले बताउनुभयो । उहाँका अनुसार जिल्लामा पुरुष ४ जना र महिला १ जना गरी ५ जना कुष्ठरोगी भेटिएका छन् । मध्यविन्दु नगरपालिकामा १ जना पुरुष, गैँडाकोट नगरपालिकामा १ जना पुरुष, १ जना महिला , हुप्सेकोट गाउँपालीकामा १ जना पुरुष र कावासोतीमा १ जना पुरुषमा कुष्ठरोगी भेटिएका हुन्।

त्यस्तै आर्थिक वर्ष २०७७/०७८ को असार सम्म जम्मा संक्रमीतको संख्या ३५ जना रहेका थिए  । भने आर्थिक वर्ष २०७८/०७९ को असार सम्म २३ जना रहेका जिल्ला स्वास्थ्य कार्यालय जनाएको छ । चालु आर्थिक वर्षको कात्तिक मसान्त सम्म ५ जना कुष्ठरोगी भेटिएका छन् ।

कुष्ठरोग माइक्रोब्याक्टेरियम लेप्री नामक ब्याक्टेरियाद्वारा सर्ने एक प्रकारको ब्याक्टेरियल इन्फेक्सन हो । यो लामो समयसम्म रहने र लगातार बढ्ने खालको सङ्क्रमण हो । अन्य सरुवा रोगको तुलनामा कम सर्ने रोग भए पनि बिरामीले हाच्छँयु गर्दा रोग सर्ने सम्भावना रहन्छ ।

उठबस गर्दा, हात मिलाउँदा यो रोग सर्दैन् । मुख्यरूपमा नशा, हातखुट्टा, नाकको भाग र श्वास लिने तन्त्रलाई प्रभावित गर्ने गरेको भन्दै स्वास्थ्य कार्यालयका प्रमुख केशव प्रसाद चापागाई भन्नुहुन्छ, “कुष्ठरोगले नशालाई क्षतिग्रस्त गर्नुका साथै छालामा घाउ पार्दे मांशपेशीलाई कमजोर पार्छ ।”

छालामा रातो फुस्रो दाग देखिने, छाला नदुख्ने, गिर्खाहरु आउने, अनुहारको छाला रातो र चम्किलो हुने, कानको लोती बाक्लो हुने, आँखा झिम्काउन नसकिने, शरीरको कुनै भागमा छोएको थाहा नहुने, हातखुट्टा लत्रिने जस्ता कुष्ठरोगका लक्षण हुन ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
३%१%

प्रतिक्रिया दिनुहोस