२०८३ श्रावण ३, आईतबार
नयाँ
पछिला अपडेट

अब जहाज भित्रबाटै फोन गर्न पाइने, मोबाइल एरोप्लेन मोडुमा राख्नु नपर्ने

२०७९ मंसिर २०, मंगलबार प्रकाशित ( साल अघि) ११३९ पाठक संख्या

काठमाडौं । अब उडिरहेको विमानबाटै यात्रुहरूले फोन गर्न र इन्टरनेट चलाउन पाउने भएका छन्। अन्तर्राष्ट्रिय समाचार एजेन्सी बिबिसीका अनुसार युरोपियन युनियन इयूमा आवद्ध राष्ट्रभित्र उड्ने विमानका यात्रुहरूले विमानभित्रै फोन चलाउन पाउने भएका हुन्।

अहिलेको नियमअनुसार यात्रुहरूले विमान चढ्नु अघि मोबाइललाई ‘एरोप्लेन मोड’मा राख्नुपर्छ। यसरी मोबाइललाई एरोप्लेन मोडमा राख्दा कसैलाई फोन गर्न मिल्दैन। र, फोन पनि आउँदैन। त्यस्तै इन्टरनेट पनि चल्दैन।

अब भने नयाँ व्यवस्था लागू हुने भएको हो। तर यो कसरी कार्यान्वयन हुन्छ भन्नेबारे पूर्ण जानकारी सार्वजनिक भएको छैन। तर युरोपेली आयोगले ती विमानमा ५ जी प्रविधिको व्यवस्था गर्ने बताएको छ।

हालसम्मको जानकारी अनुसार इयूका राष्ट्रहरूलाई सन् २०२३ को जुन ३० भित्र विमानमा ५ जी फ्रिक्वेन्सी ब्यान्ड उपलब्ध गराउन निर्देशन दिएको छ। इयूले उक्त पहलसँगै यात्रुको सुविधा थप हुने र इयू राष्ट्रहरूको विकासमा पनि मद्दत मिल्ने विश्वास राखेको छ।

विमानमा मोबाइल एरोप्लेन मोडमा नराखी चलाउन मिल्ने व्यवस्थाबारे धेरैले चासो देखाएको छ। तर यो प्रविधिले विमानमा कुनै पनि समस्या सिर्जना नगर्ने इयूको दाबी छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस