२०८२ मंसिर २८, आईतबार
नयाँ
पछिला अपडेट

माया लुहार हत्या आरोपी भरतराम कोली पक्राउ

२०७९ मंसिर १८, आईतबार प्रकाशित ( साल अघि) ७४० पाठक संख्या

बैतडीकी २१ वर्षीया माया लुहारको हत्याकाण्डका आरोपी भरतराम कोली आइतबार बिहान महेन्द्रगर स्थित बस पार्कबाट पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार सशस्त्र प्रहरी जवान कोलीलाई बिहान १० बजे पक्राउ गरिएको हो। पक्राउ परेक कोलीलाई आजै जिल्ला प्रहरी कार्यालय बैतडीमा पठाइने प्रहरीले जनाएको छ।

बस पार्कमा भारत तर्फ जाने बस कुरेर बसेका कोलीलाई पक्राउ गरिएको प्रहरीको भनाइ रहेको छ।

माया गत बुधबार शिवनाथ गाउँपालिकामा घाँटी रेटेको अवस्थामा मृत भेटिएकि थिइन भने उनकै भदैनी बैतडीको पञ्चेश्वर गाउँपालिका – ४ की सैलोडाकी १५ बर्षीय नेहा लुहार घाइते  अवस्थामा भेटिएकी थिइन । घाइते नेहाको डडेल्धुरा स्थित उप क्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ । नेहाकै बयानका आधारमा सशस्त्र प्रहरी जवान कोलीलाई प्रहरीले पक्राउ गरिएको प्रहरीको भनाइ छ। पक्राउ परेका कोली र माया प्रेम सम्बन्धमा रहेका थिए । प्रेम सम्बन्धमा केही खटपट भएका कारण घटना भएको हुनसक्ने अनुमान रहेको छ । प्रहरीले घटना’दयगत अनुसन्धानपछि मात्र थप कुरा खुल्ने जनाएको छ ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस