२०८० चैत्र १५, बिहिबार
नयाँ
पछिला अपडेट

जन्ती बोकेको जीप दुर्घटना, ५ जनाको मृत्यु

२०७९ मंसिर १७, शनिबार प्रकाशित ( साल अघि) ४३७ पाठक संख्या

काठमाडौं । धनुषामा जन्ती बोकेको बा १ ज ८३९६ नम्बरको जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ भने ९ जना घाइते भएका छन् ।

महोत्तरीको पिपरा गाउँपालिका गमहरियाका जन्ती इटहरीबाट फर्किँदै गर्दा शनिबार बिहान साढे ४ बजे पूर्वपश्चिम राजमार्गअन्तर्गत धनुषाको बिरेन्द्र बजारमा जीप दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय धनुषाका एसपी वसन्त रजौरेले जानकारी दिए ।

एसपी रजौरेका अनुसार मृत्यु हुनेमा मुखियापट्टी मुसहरिनिया तुल्सियाहीकी ३५ वर्षीया रुवी साह, महोत्तरी पिपरा गाउँपालिका २ का ११ वर्षीय एस कुमार साह, रामगोपालपुर नगरपालिका ससौलाका दुई दिदीबहिनी १३ वर्षीया सृजन साह र १८ वर्षीया मञ्जु साह तथा सवारी चालक धनुषाको धनौजी गाउँपालिका ४ का २५ वर्षीय अब्दुल मन्सुर छन् ।

घाइतेहरुको प्रादेशिक अस्पताल धनुषामा उपचार भइरहेको छ भने उक जना महिलाको अवस्था गम्भीर रहेको अस्पतालले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस