२०८१ बैशाख १४, शुक्रबार
नयाँ
पछिला अपडेट

नारायणी नदीको अमलटारीमा देखियो डल्फिन

२०७९ मंसिर १६, शुक्रबार प्रकाशित ( साल अघि) ७३७ पाठक संख्या

कावासोती । नारायणी नदीमा डल्फिन देखिएको छ । नारायणी नदीको अमलटारी घाटमा बुधवार डल्फिन देखिएको हो ।

नेचर गाइड टेक महतोले ढुंगामा जाँदै गर्दा २ वटा डल्फिन देखेका बताएका छन् । डल्फिन देखेपछि उनले त्यसको फोटो समेत खिचेका छन् ।

उनले गत वर्ष पनि नारायणी नदीमा डल्पिन देखेका थिए ।
डल्फिन नारायणीमा दुर्लभ मानिन्छ । जाडोयाममा चराको संख्या बढ्दै गएका कारण महतो चितवन निकुञ्ज र आसपासको मध्यवर्ती जंगल क्षेत्रमा चराको अवलोकन र तस्बिर कैद गर्न डुलिरहन्छन् ।

नारायणीमा सन् २०१८ मा पहिलो पटक त्रिवेणीधाम नजिक भैलौजीमा डल्फिन देखिएको थियो।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस