२०८० चैत्र १५, बिहिबार
नयाँ
पछिला अपडेट

धनगढीमा ग्रेडरले कुल्चिँदा विद्यार्थीको मृत्यु

२०७९ मंसिर १५, बिहिबार प्रकाशित ( साल अघि) ४०० पाठक संख्या

कैलालीको धनगढीमा ग्रेडरले साइकललाई ठक्कर दिँदा भएको दुर्घटनामा एक विद्यार्थीको मृत्यु भएको छ ।

धनगढीको हसनपुर पिपलचौतारा सडकखण्डमा बिहीबार बिहान ग्रेडरले साइकलमा स्कुल गइरहेका बेला ठक्कर दिएर कुल्चिँदा अन्दाजी १५ वर्षकी चेतना साउँदको मृत्यु भएको प्रहरीले जनाएको छ ।

कैलाली प्रहरीका डीएसपी वेदप्रकाश जोशीका अनुसार उनी धनगढी उपमहानगरपालिका(५ पञ्चोदय मावि हसनपुरमा कक्षा ८ मा अध्ययनरत थिइन् ।

प्रहरीले ना १ क ९७५ नम्बरको ग्रेडर चालक चितवन भरतपुर महानगरपालिका २८ बस्ने २७ वर्षका विमल कुमाललाई नियन्त्रणमा लिएको छ । अहिले आक्रोशित स्थानीय तथा विद्यार्थीले उक्त घटनाको विरोध गरिरहेका छन् ।शिलापत्र

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस