२०८२ जेष्ठ ५, सोमबार
नयाँ
पछिला अपडेट

माइतीघरमा अनसन बसेका सुकुम्बासी थापाथली पुगे

२०७९ मंसिर १४, बुधबार प्रकाशित ( साल अघि) ८१८ पाठक संख्या

कावासोती । काठमाडौंको माइतीघर मण्डलामा अनसन बसेका सुकुम्बासी बस्तीका स्थानीय आज थापाथली पुगेका छन् । उनीहरुले आजबाट थापाथलीमा अनसन थालेका छन् ।

पछिल्लो १८ वर्षदेखि बागमती किनारमा टहरा हालेर बसेका उनीहरुले राज्यद्वारा पटकपटक गरिएको आतंक रोक्न माग गरेका छन् । अनसनको नेतृत्व दलमर्दन कामीले गरेका छन् ।

उनीहरुले सुकुम्बासी बस्ती हटाउन राज्यद्वारा पटक पटक आक्रमण गरिनु र डोजर लगाउनु सुकुम्बासीमाथिको घोर अन्याय र अत्याचार भएको बताएका छन् ।

सुकुम्बासी र भूमिहीन गरिबमाथि बारम्बार गरिने आतंक बन्द गर्न र स्थायी बसोबासको तत्काल व्यवस्थाको माग गरिएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस