२०८२ कार्तिक १८, मंगलबार
नयाँ
पछिला अपडेट

प्रगतिनगरमा धन धान्याचल महायज्ञ हुँदै

२०७९ मंसिर १४, बुधबार प्रकाशित ( साल अघि) ७६६ पाठक संख्या

नवलपुर । देवचुली नगरपालिका प्रगतिनगरमा धन धान्याचल महायज्ञ हुने भएको छ । देवचुली १५ प्रगतिनगरमा रहेको पशुपति वैदिक आश्रमको आयोजनामा अखिल नेपाल देशीय वेदान्त सन्त सम्मेलन एवं धन धान्याचल शतचण्डी महायज्ञ हुन लागेको हो । आगामी मंसिर २२ गते देखि २८ गतेसम्म साङ्गवेद आवसीय संस्कृत माध्यमिक विद्यालयमा महायज्ञ हुन लागेको हो ।

राष्ट्रिय धर्म संस्कार संस्कृति तथा संस्कृतको रक्षाको निमित्त संस्थाले उक्त धार्मिक सांस्कृतिक कार्यक्रमको आयोजना गर्न लागिएको आयोजकले जनाएको छ । वि सं २०४२ साल देखि संस्कृत विद्यालय गुरुकुलीय परम्पराले चलिरहेको संस्थामा हाल ७० जना विद्यार्थीलाई आवास एवं भोजनको व्यवस्था गरिरहेको छ । संस्थाका निर्माण कार्य अन्तर्गत रहेका मंदिर, गुरु समाधि, संतनिवास, भक्त निवास, सत्संग भवन, पाठशाला, यज्ञशाला, गौशाला, आयुर्वेदिक अस्पताल, पर्खाल लगायतको गुरु योजनाका निम्ति सहयोग संकलनका लागि महायज्ञ गर्न लागेको हो ।

धन धान्याचलका लागि ज्ञान यज्ञमा राष्ट्रका षड् दर्शन सन्त समाज महान विभूतिहरु जगदगुरु, महामण्डलेश्वर, संस्थाका अध्यक्ष पीठाधिश्वर, महंत आचार्य वरिष्ठ दार्शनिक तथा ऊँकार परिवारका तत्ववेत्ता विद्धानहरु लगायतको सहभागी रहने आयोजकले जानकारी गराएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस