२०८२ जेष्ठ ५, सोमबार
नयाँ
पछिला अपडेट

चौधरीद्धारा जनसम्पर्क कार्यालयको स्थापना

२०७९ मंसिर १३, मंगलबार प्रकाशित ( साल अघि) ५८२ पाठक संख्या

नवलपरासी । नेपाली कांग्रेसका नेता विनोद चौधरीले आफु निवार्चित भएको निर्वाचन क्षेत्रमा नवलपरासी क्षेत्र न १ प्रतिनिधी सभा सदस्य जनसम्पर्क कार्यालयको स्थापना गर्नुभएको छ।

नवलपरासी बर्दघाट सुस्ता पश्चिम निर्वाचन क्षेत्र न।१बाट प्रतिनिधी सभा सदस्यमा निर्वार्चीत नेपाली कांग्रेसका केन्द्रिय सदस्य बिनोद चौधरीले बर्दघाटमा जनसम्पर्क कार्यालयको स्थापना गर्नुभएको हो।

चुनावमा मतदताले उहासङग कसरी सम्पर्क हुन्छ भनेर सोधेका थिए।यद्यपी नेता चौधरीले कार्यालयनै खोलेर जनतासङग प्रत्यक्ष सम्पर्क राख्ने बाताबरण तयार गर्न थाल्नु भएको छ।

निर्वाचन क्षेत्रका सवै जनताको समस्या बुझ्न र समाधान तर्फ केन्द्रिय रहने उदेश्यले प्रतिनिधी सभा सदस्य सम्पर्क कार्यालय सञ्चालनमा आएको उहांको निजी सचिवालयले जनाएको छ।

आवश्यक कर्मचारी सहित व्यवस्थापन गरिएको जनसम्पर्क कार्यालयमा जनताले कार्यालय पुगेर वा टेलिफोन मार्फत जनसम्पर्क कार्यालयका जनताको समस्या राख्न सक्ने गरी कार्यालय ब्यवस्थापना गरिएको हो।

चौधरीले जनसम्पर्क कार्यालयको स्थापना भएपछि जनताले आवश्यकता अनुसार आफ्ना समस्या,गुनासो तथा शुझाव सहजै रुपमा चौधरी समक्ष पुर्‍याउने सकिने विश्वास लिईएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस