२०८० चैत्र ६, मंगलबार
नयाँ
पछिला अपडेट

नवलपुरमा समानुपातिकतर्फ रविको पाटी पहिलो

२०७९ मंसिर ९, शुक्रबार प्रकाशित ( साल अघि) ५४२ पाठक संख्या

कावासोती । नवलपुरमा सम्पन्न मतगणना अनुसार समानुपातिकतर्फ रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले सर्वाधिक मत प्राप्त गरेको छ ।

कांग्रेस, एमाले लगायत दलहरूलाई पछि पार्दै राष्ट्रिय स्वतन्त्रले पार्टीले निर्वाचन क्षेत्र नं १ मा संघतर्फ २५ हजार ७ सय ७४ मत प्राप्त गरेको छ ।

शुक्रबार साँझसम्म सार्वजनिक मतपरिणाम अनुसार कांग्रेसले २३ हजार ४१ मत ल्याएको छ । एमालेले भने २२ हजार १ सय ५० मत ल्यायो ।

यस्तै, राप्रपाले ५ हजार १ सय मत ल्याएको छ । नेकपा माओवादी केन्द्रले ३ हजार ६ सय ५ मत र नेकपा एकीकृत समाजवादीले १ सय ६४ मत ल्याएको छ ।

जिल्लामा २ वटा प्रतिनिधिसभाको निर्वाचन क्षेत्र रहेका छन् । प्रदेशसभाको निर्वाचन क्षेत्र ४ वटा छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%१%१%१%

प्रतिक्रिया दिनुहोस