२०८० चैत्र ६, मंगलबार
नयाँ
पछिला अपडेट

नवलपरासी पश्चिम–१ बाट कांग्रेसका विनोद चौधरी विजयी

२०७९ मंसिर ९, शुक्रबार प्रकाशित ( साल अघि) ४७३ पाठक संख्या

नवलपरासी । नवलपरासी पश्चिम–१ बाट नेपाली कांग्रेसका विनोद चौधरी निर्वाचित भएका छन् । ५ दलीय गठबन्धनका साझा उम्मेदवारसमेत रहेको चौधरी जनप्रगतिशील पार्टीका हृदयेश त्रिपाठीलाई पराजित गर्दै विजयी बनेका हुन् ।

बिहीबार राति आएको अन्तिम मत परिणामअनुसार चौधरीले २९ हजार ४९५ मत पाएका छन् भने उनका निकटतम प्रतिस्पर्धी जनता प्रगतिशील पार्टीका हृदयेश त्रिपाठीले २२ हजार ३०८ मत पाएका छन् ।

चौधरीले ५ दलीय गठबन्धनको साथ पाउँदा त्रिपाठीलाई नेकपा एमालले समर्थन गरेको थियो । तेस्रो स्थानमा रहेका नेपाल स्वतन्त्र पार्टीका महेन्द्र सेन ठकुरीले १२ हजार ४९९ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालये जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस