२०८० चैत्र ६, मंगलबार
नयाँ
पछिला अपडेट

नवलपुर – २ मा कांग्रेसका विष्णु कार्की विजयी   

२०७९ मंसिर ८, बिहिबार प्रकाशित ( साल अघि) ६८९ पाठक संख्या

कावासोती । पूर्वी नवलपरासी क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभामा फराकिलो मतान्तरले कांग्रेसका विष्णुकुमार कार्की विजयी भएका छन् । अघिल्लो पटक आफूलाई १३ सय मतले पराजित गरेका एमाले नेता तिलबहादुर महत क्षेत्री तिलकलाई यस पटक कार्कीले २ हजार भन्दा बढी मतान्तरले पछि पारेका हुन् ।

कार्कीले ३६ हजार १ सय ४ मत पाएका छन् भने महतले ३४ हजार ८३ मत पाएका छन् । दुवैको मतान्तर २ हजार २१ रहेको निर्वाचन कार्यालयले जनाएको छ । २०४८ सालपछि हाल सम्पन्न ७ वटा निर्वाचनमा यहाँ ५ पटक एमाले विजयी भएको छ । ०६४ साल र यस पटक कांग्रेसका उम्मेदवार विजयी भएका हुन् ।

०७४ सालको प्रतिनिधिसभामा १३ सय मतान्तरले एमालेका तिलक महतसँग पराजित कार्कीले ५ वर्षपछि उनै महतलाई २ हजार भन्दा बढी मतले हराए संसदको यात्रा थालेका छन् । विनोद चौधरीले यो क्षेत्रमा उम्मेदवार हुन खोज्दा देउवासँगको घनिष्टताका कारण कार्कीले टिकट पाउन सफल भएका हुन् । प्रतिनिधि सभाका दुई वटै क्षेत्रमा यहाँ कांग्रेस विजयी भएको छ । क्षेत्र नम्बर १ मा कांग्रेसकै शशांक कोइराला विजयी भइसकेका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%७%१%

प्रतिक्रिया दिनुहोस