२०८० चैत्र ६, मंगलबार
नयाँ
पछिला अपडेट

कांग्रेस नेता शशांक कोइरालाको चौथो जित

२०७९ मंसिर ८, बिहिबार प्रकाशित ( साल अघि) ४७८ पाठक संख्या

कावासोती ।  पूर्वी नवलपरासी क्षेत्र नम्बर १ बाट लगातार चौथो पटकका लागि उम्मेदवार बनेका कांग्रेस नेता डा। शशांक कोइराला विजयी भएका छन् ।  उनले एमालेका कृष्ण पौडललाई २ हजार ८२ मतान्तरले हराएका हुन् ।

कोइराला यो क्षेत्रबाट लगातार चौथो पटक निर्वाचित भएका हुन् । नेपाली कांग्रेसका पूर्वमहामन्त्री कोइराला २०६४, ७० , ७४ र यो पटक गरी एउटै निर्वाचन क्षेत्रबाट लगातार विजयी भएका हुन् । उनले यस पटक एमालेका पौडेल, राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार राजन गौतमसँग त्रिपक्षीय प्रतिस्पर्धा गर्नु परेको थियो ।

निर्वाचन कार्यालयका अनुसार कोइरालाले २७ हजार १ सय २७, एमालेका पौडेलले २५ हजार ४३ र राजन गौतम रास्वपाले २३ हजार ३ सय १ मत ल्याएका छन् । कोइराला उम्मेदवार बनेको क्षेत्रमा २०४८ सालपछि लगातार कांग्रेसले जित्दै आएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस