२०८२ अषाढ ३१, मंगलबार
नयाँ
पछिला अपडेट

एमाले अध्यक्ष ओलीको जित निश्चित

२०७९ मंसिर ७, बुधबार प्रकाशित ( साल अघि) ५१९ पाठक संख्या

झापा क्षेत्र नम्बर ५ बाट नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको जित निश्चित बनेको छ । १ लाख ५४ हजार २८९ मतदाता रहेको उक्त क्षेत्रमा १ लाख २ हजार १५० जनाले मतदान गरेका थिए । झापामा अब गणना हुन १३ हजार भन्दा कम मत हुँदा अध्यक्ष ओलीले २३ हजार ६१५ मतले अगाडि छन् ।

ओलीले ४४ हजार ८०५ मत ल्याउँदा उनका निकटतम् प्रतिस्पर्धी काँग्रेसका खगेन्द्र अधिकारीले २१ हजार १५४ मत ल्याएका छन् । तेस्रो स्थानमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीका सुरेशकुमार पोखरेलले ९ हजार ९३० मत ल्याएका छन् ।

२०४८, २०५१ र २०५६ मा झापा ६ बाट निर्वाचित भई संसदीय दलको उपनेतासम्मको जिम्मेवारी सम्हालेका ओलीले संविधानसभा सदस्य निर्वाचन २०७० मा झापा ७ बाट निर्वाचित भएका थिए । यस्तै संघीय संसद् प्रतिनिधिसभा सदस्य निर्वाचन २०७४ मा ओली झापा ५ बाट निर्वाचित भएका हुन् ।

त्यसबेला पनि ओलीले अधिकारीलाई नै पराजित गरेका थिए । तर, मत भने ओलीको घटेको छ । ओलीले ०७४ सालमा ५७ हजार १३९ मत ल्याउँदा अधिकारीले २८ हजार २९७ मत ल्याएका थिए ।रातोपाटि

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस