२०८३ जेष्ठ २, शनिबार
नयाँ
पछिला अपडेट

चितवन २ मा रवि लामिछाने र कृष्णभक्त पोखरेलबीच १२ हजार मतान्तर

२०७९ मंसिर ७, बुधबार प्रकाशित ( साल अघि) ५५३ पाठक संख्या

प्रतिनिसधिसभा सदस्य निर्वाचनमा चितवन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने १२ हजारभन्दा बढि मतान्तरले अग्रता बनाएका छन्।

उनले २२ हजार १०१ मत ल्याएका छन्। असोजमा पार्टी स्थापना गरेर पहिलोपटक चुनावी मैदानमा उत्रिएका उनलाई ल्याएका जनताले अथाहा माया देखाएका छन्।

लामिछानेका निकटमत प्रतिस्पर्धी एमालेका कृष्णभक्त पोखरेलले ९ हजार ४१२ मत ल्याएका छन् भने सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उमेश श्रेष्ठले ९ हजार ३०६ मत प्राप्त गरेका छन्।

पहिलो र दोस्रो हुने उम्मेदवारबीचको मतान्तर १२ हजार ६८९ छ। मतगणना अझै जारी छ।उकेरा

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस