२०८० चैत्र १५, बिहिबार
नयाँ
पछिला अपडेट

गुल्मीको सत्यवतीमा जिप दुर्घटना, पाँच जनाको मृत्यु

२०७९ मंसिर ७, बुधबार प्रकाशित ( साल अघि) ५५१ पाठक संख्या

गुल्मी । गुल्मीको सत्यवती गाउँपालिकामा जिप दुर्घटना हुँदा पाँच जनाको ज्यान गएको छ । दुर्घटनामा चार जना घाइते भएका छन् ।

गए राति गुल्मीको रिडीबाट सत्यवती गाउँपालिका–३ तर्फ जाँदै गरेको लु२च ५३४० नंको जिप कुटडाँडा भन्ने स्थानमा दुर्घटना भाएको हो ।

दुर्घटनामा परी सत्यवती गाउँपालिका–३ का ५१ वर्षीय झलक सोमै, ५५ वर्षीया टीका राहडी, ४७ वर्षीय रनबहादुर सिंजापती, ३० वर्षीय मिलन तरामु र ४३ वर्षीया जमुना सोमै रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक माधवराज खरेलले जानकारी दिनुभएको छ ।

जिप दुर्घटनामा परी घाइते हुनेमा सोही ठाउँका कार्बोलिन सोमै, चेतमान सिंजाली, गीरबहादुर राहडी र खण्डन सोमै हुनुहुन्छ । दुर्घटना भएको जानकारी पाएपछि स्थानीयले उद्धार गरेका थिए ।

घाइतेलाई अहिले उपचारका लागि पाल्पातर्फ लगिँदै छ । घटनाको जानकारी पाएपछि रिडी र जोहाङबाट प्रहरी टोली घटनास्थल पुगेको थियो । गए राति २ः३० बजेको समयमा ब्रेक फेल भई दुर्घटना भएको प्रहरीले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस