२०८० चैत्र ६, मंगलबार
नयाँ
पछिला अपडेट

नवलपुर – २ मा कांग्रेसको सुरुवाती अग्रता

२०७९ मंसिर ५, सोमबार प्रकाशित ( साल अघि) ९२८ पाठक संख्या

कावासोती  — पूर्वी नवलपरासीको निर्वाचन क्षेत्र नम्बर २ को मतगणनामा नेपाली कांग्रेसले अग्रता लिएको छ ।

त्यहाँ प्रारम्भिक गणना हुँदा प्रतिनिधि सभामा नेपाली कांग्रेसका बिष्णुकुमार कार्कीको ७ सय ६, एमालेका तिलबहादुर महतको ४ सय ९१ मत आएको छ ।

हुप्सेकोट गाउँपालिका वडा नम्बर ६ को मत गणना सकिएको छ । त्यहाँ १२ सय ६२ मत खसेको हो ।

राप्रपाका बिष्णु अधिकारीले ४ मत पाएका छन् । क्षेत्र नम्बर २ मा कुल १ लाख २९ हजार २ सय ८० मतदाता छन ।

त्यहा ८५ हजार ३ सय ९९ मत खसेको हो । ढिलोमा बुधवार राति अबेरसम्म त्यहाको मतपरिणाम सार्वजनिक हुनसक्ने अनुमान गरिएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
४%३%१%२%

प्रतिक्रिया दिनुहोस