२०८० चैत्र ६, मंगलबार
नयाँ
पछिला अपडेट

नवलपुर क्षेत्र न: २ मा मतगणना सुरु

२०७९ मंसिर ५, सोमबार प्रकाशित ( साल अघि) ९९८ पाठक संख्या

कावासोती । नवलपुरको निर्वाचन क्षेत्र नं २ को मतगणना सुरु भएको छ । यहाँका निर्वाचन अधिकृत कमलराज पन्थीका अनुसार कावासोतीस्थित कुमारवर्ती क्याम्पस भवनमा मध्याह्न १२ बजेबाट गणना सुरु भएको हो ।

गणनास्थलमा ३ वटा कोठाका ६ ठाउँमा एकैपटक मतगणना सुरु भएको हो । क्षेत्र नं २ मा कूल मतदाता १ लाख २९ हजार २ सय ८० छन् । तीमध्ये ८५ हजार ३ सय ९९ मत खसेको हो ।

Screenshot_20221121 090901_Facebook

ढिलोमा बुधबार रातिसम्म यहाँको मतपरिणाम सार्वजनिक हुनसक्ने आकलन गरिएको छ । मतगणना हुने सदरमुकाम कावासोतीस्थित कुमारवर्ती क्याम्पसमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
५%३%२%

प्रतिक्रिया दिनुहोस