२०८२ अषाढ ५, बिहिबार
नयाँ
पछिला अपडेट

मोरङको उर्लाबारीमा भान्जाले गरे मामाको हत्या

२०७९ कार्तिक २८, सोमबार प्रकाशित ( साल अघि) ६०७ पाठक संख्या

मोरङको उर्लाबारी नगरपालिका–८ मा गएराति एक युवकले आफ्नै मामाको हत्या गरेका छन् ।

उर्लाबारी–८ का २२ वर्षीय सुजन पाँचकोटीले धारिलो हतियारले टाउकोमा प्रहार गरी ४२ वर्षीय मामा काजी महराको हत्या गरेका मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले जानकारी दिनुभयो । महराको घर मोरङको पथरिशनिश्चरे नगरपालिका–१ मा हो।

निद्रामै रहेका बेला हतियार प्रहार हुँदा घाइते भएका महरालाई उपचारका लागि मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर मङ्गलबारेमा लगिएको थियो । उपचारकै क्रममा गएराति उहाँको ज्यान गएको प्रहरीले जनाएको छ ।

मामाको हत्यामा संलग्न सुजनलाई इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक मिलन थापा नेतृत्वको टोलीले पक्राउ गरेर घटनाको अनुसन्धान थालेको छ । हत्याको कारण खुलेको छैन ।उज्यालो अनलाइन

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस