२०८३ अषाढ ११, बिहिबार
नयाँ
पछिला अपडेट

रुपन्देहीमा घरभित्रै मृत भेटिए दम्पती

२०७९ कार्तिक २८, सोमबार प्रकाशित ( साल अघि) ११५० पाठक संख्या

बुटवल । रुपन्देहीको देवदह–५ मा दम्पती मृत भेटिएका छन्।

पाल्पाली टोलका ३६ वर्षीय बोलिन्द्र र उनकी श्रीमती ३२ वर्षीया हेमकला जोल्मी मगर आफ्नै घरभित्र मृत भेटिएका हुन्। हेमकलाको शव भुइँमा तन्नाले बेरिएको र बोलिन्द्रको शव पंखामा झुण्डिएको अवस्थामा फेला परेको देवदह प्रहरी चौकी प्रमुख गंगाबहादुर सारूले बताए।

सारूका अनुसार घरको भित्रबाट चुकुल लगाइएको थियो।  बोलिन्द्र हालै मात्र वैदेशिक रोजगारीबाट फर्किएका थिए।

घटनाको प्रकृति हेर्दा बोलिन्द्रले हेमकलाको हत्या गरेर आत्महत्या गरेको जस्तो देखिएको प्रहरी प्रमुख सारूले जानकारी दिए।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस