२०८१ बैशाख १९, बुधबार
नयाँ
पछिला अपडेट

डा.शशांक र तिलकलाई बिरासत जोगाउने चुनौती

२०७९ कार्तिक २६, शनिबार प्रकाशित ( साल अघि) ५३१ पाठक संख्या

कावासोती । नेपालको तीन तले जिल्ला अर्थात पहाड, मध्य पहाड र तराई भूभागको संयोजन रहेको गण्डकी प्रदेशको नवलपुर जिल्लामा निर्वाचनको रौनक बढ्दै गएको छ । मंसिरको बाली थन्क्याउने हतारो र निर्वाचनको चहलपहल सँगसँगै हुँदा नवलपुरका मतदातालाई अहिले भ्याइ नभ्याइ भएको छ ।

पहिलाको नवलपरासी जिल्ला नयाँ संवैधानिक संरचनासँगै २ जिल्लाहरु नवलपरासी पूर्व र नवलपरासी पश्चिममा बाँडिए । गण्डकी प्रदेश अन्तर्गत पर्ने पूर्वी नवलपरासी अर्थात नवलपुरमा २ वटा संघीय निर्वाचन क्षेत्र र ४ वटा प्रदेश सभा निर्वाचन क्षेत्र छन् ।

नवलपुर १ मा नेपाली कांग्रेसका संस्थापक नेता विश्वेश्वरप्रसाद कोइरालाका छोरा डा.शशांक कोइराला चुनावी प्रतिश्पर्धामा छन् । कांग्रेसभित्र लामो राजनीतिक इतिहास बोकेको कोइराला परिवारका सदस्य नै चुनावी मैदानमा हुनुले यहाँको राजनीतिमा नयाँ तरंग आउनु स्वभाविक मान्छन नवलपुरका मतदाता । त्यसो त कोइराला यसअघि पनि ३ पटक निर्वाचित भइसकेका छन् । कोइरालासँग एमालेका कृष्ण पौडेल प्रतिस्पर्धामा छन् ।

गत स्थानीय तहको निर्वाचनमा नवलपुर १ मा रहेका ४ वटा स्थानीय तहमध्ये १ वटा पालिकाको प्रमुखमा मात्र नेपाली कांग्रेसले जितेको थियो भने बाँकी ३ वटा पालिकाको प्रमुखमा एमाले विजयी भएको भएको थियो । अहिले नेपाली कांग्रेसलाई यहाँ माओवादी केन्द्रको साथ छ जसलाई गठबन्धनले जित्ने आधार ठान्छ ।

तर आफ्नै संगठन बलियो भएकै कारण स्थानीय तहमा सफलता हासिल गरेकोले सहज महसुस एमालेका उम्मेदवारलाई पनि भएकै छ । नवलपुर १ (क) मा नेपाली कांग्रेसका जिल्ला सभापति महेन्द्रध्वज जिसीसँग एमालेका रविन्द्र अधिकारी प्रतिस्पर्धामा छन् । यसैगरी नवलपुर १ (ख) मा गठबन्धनका तर्फबाट माओवादी केन्द्रका लोकेन्द्रप्रसाद भूर्तेलसँग एमालेका रोशनबहादुर गाहमगर प्रतिस्पर्धा गरिरहेका छन् ।

नवलपुरमा नयाँ र पुराना नेताहरुको आपसी प्रतिश्पर्धा रोचक भए पनि मतदाताका अपेक्षा पुरा गर्न यसअघिका निर्वाचित उमेदवारसँग त्यति सन्तुष्ट देखिँदैनन यहाँका मतदाताहरु ।

यता नवलपुर २ मा नेपाली कांग्रेसका विष्णुकुमार कार्की र नेकपा एमालेका तिलक महतबीच नै मुख्य प्रतिस्पर्धा छ । कार्की र महत दुबै जना २०७४ को निर्वाचनमा पनि आमने सामने भएका थिए । पहिले महतले जितेको भए पनि अहिले निर्वाचनको गणितमा फरक आउन सक्ने आँकलन मतदाताहरु गर्छन । यसको मुख्य कारण माओवादी केन्द्र र नेपाली कांग्रेसबीचको गठबन्धन नै मानिन्छ ।

अझ एमालेबाट विभाजित भएको नेकपा समाजवादी पनि सत्तासाझेदार दलहरुको गठबन्धनमा नै रहनुले गठबन्धनका उमेदवार बलियो भएको दावी गरिएको छ । तर पहिलेको विरासत जोगाउने रणनीतिमा एमाले छ ।

यता नवलपुर २ (क) मा गठबन्धनका तर्फबाट नेकपा माअवादी केन्द्रका सोम श्रीपालीसँग एमालेका पद्मा जिसी श्रेष्ठ प्रतिस्पर्धा गरिरहनुभएको छ भने नवलपुर २ (ख) मा गठबन्धनबाट एकिकृत समाजबादीका डा। गोपाल खनाल र एमालेका लक्ष्मणबहादुर पाण्डे मुख्य प्रतिस्पर्धी छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%१%१%

प्रतिक्रिया दिनुहोस