२०८२ अषाढ ११, बुधबार
नयाँ
पछिला अपडेट

नवलपुर ‘क’ मा सोम र पदमा आमनेसामने

२०७९ कार्तिक २५, शुक्रबार प्रकाशित ( साल अघि) ५४१ पाठक संख्या

कावसोती । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा नवलपुर प्रदेश निर्वाचन क्षेत्र ‘क’ मा रोचक प्रतिष्पर्धा हुने देखिन्छ ।

नवलपुर क्षेत्र नं २ मा प्रदेश सभा तर्फ “क” मा सत्ता गठबन्धनबाट माओवादी केन्द्रका सोम कुमार सिर्पाली र नेकपा एमलेबाट पदमा जिसीको उम्मेदवारीलाई चासोको रुपमा हेरिएको छ । यी दुवै उम्मेदवारहरु अहिले भोट माग्दै मतदाताको घरदैलोमा पुगिरहेका छन्।

सिर्पालीले संबिधानले प्रदत्त गरेका जनताका मौलिक अधिकार कार्यान्वयन गराउने आफ्नो प्रमुख एजेण्डालाई अघि सारेर घरदैलो गरेका छन् भने पदमाले आफ्नो उम्मेदवारी बिकास र समतामूलक समाजका लागि भएको बताएकी छन् । ठूला राजनैतिक दलहरुले खडा गरेका प्रत्यक्ष उम्मेदवारमध्ये नवलपुरबाटै एक मात्र महिला उम्मेदवारका रुपमा प्रतिस्पर्धामा होमिएकी जिसीले आफू अहिले उठेकै क्षेत्रको छोरी र बुहारी दुवै भएकाले यहाँको समस्यासँग परिचित रहेको बताउँदै ति समस्या समाधानका एजेण्डा रहेको बताईन् ।

सिर्पालीले भने शिक्षा, स्वास्थ्य र रोजगारीलाई मौलिक हकको रुपमा रहेकाले सोको नितिगत कार्यान्वयनमा जोड दिने बताएका हुन्। उनले चुनावी नारा मात्रै बन्ने सुकुम्वासी समस्याको विषयमा सिंगो पार्टीको ध्यान केन्द्रित भएको बताए । उनले बर्तमान गठबन्धनकै सरकार र सरकारमा सम्वन्धित मन्त्रालयको जिम्मा सम्हालेका मन्त्रीले विभिन्न ठाउँमा लालपूर्जा वितरण गर्ने कार्यको थालनी गरेको बताउँदै निर्वाचन आचार संहिताका कारण रोकिएको स्पष्ट पारे । उनले मंसीर ४ पछि बन्ने गठबन्धनकै सरकारले पहिलो कामका रुपमा सुकुम्वासी समस्या समाधान हुने दावी गरे ।

त्यस्तै प्रदेशसभा ‘क’ मा भने जनताका लागि दुवै उम्मेदवार नयाँ जस्ता लाग्ने भएका कारण को बलियो भन्ने कुरा अहिले नै भन्न सकिने अवस्था रहेको छैन । यद्दपी, मतदाताले कस्लाई रुचाउने छन् त्यसको फैसला मंसिर ४ ले गर्नेछ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस