२०८१ बैशाख १९, बुधबार
नयाँ
पछिला अपडेट

चुनाव पछि भृकुटी कागज कारखाना र श्रमिकका समस्या समाधान हुन्छ’– डा. कोइराला  

२०७९ कार्तिक २४, बिहिबार प्रकाशित ( साल अघि) ५८२ पाठक संख्या

गैंडाकोट । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं नवलपुर १ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार डा.शशांक कोइरालाले गैंडाकोटमा बन्द अवस्थामा रहेको भृकुटी कागज कारखाना अगाडी बुधबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै नेपालकै ठूलो, जिण अवस्थामा पुगेको कारखाना र कारखानामा कार्यरत कर्मचारीहरुको समस्याबारे आफूले गम्भीरतापूर्वक बुझेको बताएका छन ।

नेता कोईरालाले भृकुटी कागज कारखानाको यो समस्या समाधानको लागि आफु निरन्तर लागिपरिरहेको र चुनाब लगत्तै समस्या समाधान हुने आश्वासन दिए ।

उनले केहि बर्षअघि रुग्ण उद्योगबारे सरकारलाई सुझाव दिन गठित समितिले निजीकरण भएको ३१ वर्षपछि भृकुटी कागज कारखानाको जग्गा सरकारको नाममा फिर्ता ल्याउन सुझाव दिएको स्मरण गराए ।

उम्मेदवार कोईरालाले अब सरकार जग्गा फिर्ता गराउन लागि परेकाले उद्योग भएको स्थानमा स्थानीयसँग नै छलफल गरि खाली जग्गा उपभोगमा ल्याइने योजना भएको जानकारी दिए ।

‘राजनैतिक स्थिरताका लागि बहुमत आवश्यक भएको र आफूहरूले बहुमत पाए स्थिरता सहित विकास दिईनेछ’ नेता कोइरालाको भनाई थियो । चौथोपटक नवलपुरका जनताको प्रतिनिधित्व गर्न अगाडि बढेको उल्लेख गर्दै नेता कोइरालाले यसअघिका कार्यकाल संविधान निर्माण र कार्यान्वयनमा खर्चिएको बताए ।

नेका, गैंडाकोट २ कार्यसमितिले आयोजना गरेको घरदैलो कार्यक्रम र चुनावी सभामा पार्टीको केन्द्र, जिल्ला र स्थानिय नेता तथा काङ्ग्रेस कार्यकर्ताहरुको सहभागितो थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस