२०८२ अषाढ ३०, सोमबार
नयाँ
पछिला अपडेट

ग्यास लिक भएर आगलागी हुँदा बालकको मृत्यु

२०७९ कार्तिक २४, बिहिबार प्रकाशित ( साल अघि) ४८० पाठक संख्या

काठमाडौं   ।  भोजपुरको हतुवागढी गाउँपालिका–५ मा खाना पकाउने ग्यास लिक भएर आगलागी हुँदा बालकको मृत्यु भएको छ। उनकी आमा घाइते भएकी छिन्।

स्थानीय शान्तकुमार राईको घरमा गएराति ग्यास लिक भएर आगलागी हुँदा उनका छोरा पाँच वर्षीय आयुष राईको मृत्यु भएको हो। आगलागीमा परी शान्तकुमारकी श्रीमती र छोरा घाइते भएका थिए।

उपचारका लागि नोबेल हस्पिटल विराटनगर लैजाने क्रममा बाटोमै बालकको मृत्यु भएको गाउँपालिकाकी उपाध्यक्ष सुनिता राईले जानकारी दिइन्।

घाइतेको उपचार नोबेल हस्पिटलमैभइरहेको छ। आगलागीका कारण घरमा आंशिक क्षति पुगेको उपाध्यक्ष राईले बताइन्।     थाहा खबर

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस