२०८१ बैशाख १९, बुधबार
नयाँ
पछिला अपडेट

कार्की भन्छन् : काम गर्ने ब्यक्तिलाई जिताउनुहोस

२०७९ कार्तिक २३, बुधबार प्रकाशित ( साल अघि) ५२९ पाठक संख्या

कावासोती । पाँच दलिय लोकतान्त्रिक बाम गठबन्धनबाट नवलपुर क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्य पदका उम्मेद्बार बिष्णु कुमार कार्कीले काम गर्ने ब्यक्तिलाई जिताएर पठाउन आग्रह गरेका छन् । बुधवार कावासोती नगरपालिका १५ का बिभिन्न स्थानमा भएको मतदाता भेटघाट एवम् काेण सभामालाई सम्बोधन गदै उनले यस्तो बताएका हुन ।

‘बिगतमा नेकपा एमालेले लामाे समयदेखि जितेकाे यस क्षेत्र गएकाे ५ बर्षमा कुनै पनि बिकास निर्माणको आधार निर्माण गरेका छैनन्” । उनले भने , “गफ मात्र गर्ने भन्दा पनि काम गर्ने ब्यक्तिलाई बिजयी गराएर संसदमा पठाउनुहाेस ।” उनले यस क्षेत्रमा जनताका आधारभुत बिषयलाई प्राथमिकतामा राखेर विकास निर्माणका कार्य क्रमश गदै जाने प्रतिवद्धता जनाए ।

Received_637548341445557

यस क्षेत्रमा राष्ट्रिय निकुञ्जबाट आएका जंगली जनावरले जनजिबनमा पारेकाे समस्याको समाधानका लागी आफुले दिर्घकालिन योजना बनाएको बताए ।

उनले नेकपा एमालेको नेतृत्वको सरकारले ठूलठूला भ्रष्टाचारका काण्ड मच्याएको आरोप लगाए । गठबन्धनबाट जितेका उम्मेदवारले विकास र समृद्धिलाई केन्द्रमा राख्ने हुँदा गठबन्धनका उम्मेदवारलाई जिताउनुपर्ने उनको तर्क थियो ।

Received_886639702498838

कार्यक्रममा बोल्दै नेकपा माओवादी केन्द्रका नेता एवं गठबन्धनको तर्फबाट नवलपुर २(क)मा प्रदेशसभा सदस्य पदका उम्मेदवार सौगम कुमार सिर्पालीले गफ दिनेलाई होइन काम गर्नेलाई जनताले चिन्नुपर्ने बताए । जनताको काम गर्ने भन्दै गफ दिएर निर्वाचित भएपछि स्वास्थ्य सामाग्री जस्तो संबेदनसिल विषयमा पनि भ्रस्टाचार गर्नेहरु सङ्ग सहज रहनुपर्ने सिर्पालिको जिकिर थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस