२०८१ बैशाख १९, बुधबार
नयाँ
पछिला अपडेट

एमालेसँग नवलपुरमा तालमेल छैन, गलत प्रचार गरियो: राप्रपा नवलपुर

२०७९ कार्तिक २३, बुधबार प्रकाशित ( साल अघि) ४६९ पाठक संख्या

कावासोती । राष्ट्रिय प्रजातन्त्र पार्टीले नवलपुरमा आफुहरु एक्लै निर्वाचन लडेको बताउदै एमाले लगाएतका दलहरु सँग तालमेल भएको भन्ने कुराहरु गलत र कपोलकल्पित भएको बताएको छ ।

बुधबार कावासोतीमा पत्रकार सम्मेलन आयोजना गरेर राप्रपा नवलपुरले नवलपुरमा आफुहरु सिद्धान्त र कार्ययोजना सहित जनताको घरदैलोमा गएको र एमाले लगाएतका दलहरु सँग कुनै प्रकारको तालमेल नभएको प्रष्ट पारेको हो । चुनाव प्रचारप्रसारको क्रममा एमाले लगाएतका दलहरु बिच तालमेल गरिएको दुष्प्रचार गरिएको प्रती भत्सर्ना गर्दै राप्रपाले मतदातालाई भ्रममा नपर्न आग्रह गरेको छ ।

पत्रकार सम्मेलनमा राप्रपा नवलपुरका अध्यक्ष विष्णुप्रसाद अधिकारीले एमाले लगाएतका दलहरु सँग तालमेल भयो भनिएका हल्लाहरु निराधार र कपोलकल्पित भएको बताउदै राप्रपा दुवै प्रतिनिधि सभा र ४ वटा प्रदेश सभामा एक्लै निर्वाचनमा होमिएको बताएका हुन ।

314705031_563108325577270_8189539652854208062_n

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस