२०८१ बैशाख १९, बुधबार
नयाँ
पछिला अपडेट

नवलपुरमा चुनाव अवधिभर मदिरा बिक्री वितरणमा रोक

२०७९ कार्तिक २३, बुधबार प्रकाशित ( साल अघि) ३८५ पाठक संख्या

कावासोती । आसन्न मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको अवधिभर यहाँ मदिरा बिक्री वितरण र सेवनमा रोक लगाइएको छ ।

निर्वाचन हुन अब केही दिन बाकी हुँदा जिल्लामा मदिरा बिक्री वितरण तथा सेवनमा पूर्णरुपमा बन्द गरिने प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले बताए ।

प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयमुक्त वातावरणमा सम्पन्न गर्न भन्दै कार्यालयले  एक सूचना जारी गरेर मंगलबार राति १२ बजेदेखि निर्वाचन अवधि मदिरा बिक्री वितरण तथा सेवनलाई निषेध गरेको हो ।

प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले  जिल्लाभरि मदिरा बिक्री र खुला रूपमा सेवन नगर्न नगराउन सार्वजनिक सूचना जारी गरी निर्देशन दिएको जानकारी दिए ।

जिल्लाका ८ वटै पालिकाका सुरक्षा निकायले पनि मदिरा बिक्री तथा सेवनलाई कडाइ गर्न सबै पालिकाका मातहतका प्रहरी कार्यालयलाई निर्देशन दिएको छ ।सूचनाको अवज्ञा हुने कार्य गरे – गराएमा प्रचलित कानून बमोजिम कारवाही गरिने जनाइएको छ ।

निर्वाचनको समयमा मदिरा सेवन बढ्न सक्ने र यसले शान्ति सुरक्षामा असर पार्न सक्ने भएकाले मदिराजन्य पदार्थ बिक्री एवं सेवनमा रोक लगाइएको प्रजिअ घिमिरेले  बताउनु भयो ।

मतगणना नसकिञ्जेलसम्मको समय अवधिमा शान्ति सुरक्षा कायम गर्न मदिरा बेचबिखन तथा सेवनमा प्रतिबन्ध लगाएको प्रजिअ घिमिरेले बताउनुभयो ।

314992665_1181264502828322_1740969257928476030_n

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस