२०८१ बैशाख १९, बुधबार
नयाँ
पछिला अपडेट

जनताको विकास र समृद्धिका लागि गठबन्धनको जित आवश्यक छ: विष्णु कार्की

२०७९ कार्तिक २२, मंगलबार प्रकाशित ( साल अघि) ६८६ पाठक संख्या

कावासोती । लोकतान्त्रिक-वाम गठबन्धनबाट नवलपुर निर्वाचन क्षेत्र नम्बर २ का बिष्णु कुमार कार्कीले जनताको विकास र समृद्धिका लागि गठबन्धनलाई भोट दिन आवश्यक रहेको बताएका छन् ।

मंगलवार नवलपुरको कावासोती नगरपालिकाका विभिन्न स्थानमा आयोजित घरदैलो तथा चुनावी कार्यक्रममा उनले सो कुरा बताएका हुन । उनले आफ्नो निर्वाचन क्षेत्रका जनताले भोगिरहेको समस्याका बारेमा आफू जानकार रहेको भन्दै क्रमिक रुपमा सबै समस्या समाधान हुँदै जाने प्रतिबद्धता जनाए ।

Received_1807922746224327

कार्कीले नवलपुरका लालपूर्जा विहीन नागरिकहरुको समस्या आमसमस्या भएकाले त्यसतर्फ आफ्नो ध्यानाकर्षण भएको बताए । त्यसमा भूमिहिन नागरिकको हातमा पूर्जा उपलब्ध गराउने काममा आफु गम्भिर भएर लाग्ने समेत बताए ।

त्यस्तै कार्यक्रममा प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गत प्रदेश सभा “क” का लोकतान्त्रिक बाम गठबन्धनका साझा उम्मेदवार सोम सिर्पालीले गठबन्धनको विजय पछी नवलपुरमा विकास निर्माणले गति लिने प्रतिबद्धता जनाए ।

Received_701495941411909

जनताको विकास र समृद्धि तथा संविधानको रक्षाको निम्ति देशमा पाँच दलिय गठबन्धनको जित आवश्यक रहेको भन्दै उनी घरदैलो अभियानमा लागिपरेका हुन । निर्वाचन क्षेत्र नम्बर २ (क) मा बाम लोकतान्त्रिक गठबन्धनद्वारा कावासोतीका विभिन्न स्थानमा जनताको घरदैलोमै पुगि साझा उम्मेदवारलाई भारी मतले जिताउन उनले आग्रह गरे ।

Received_1087279081955830

आउदो मङ्सिर ४ गते हुन गैइरहेको आम निर्वाचनलाई लक्षित गरि बाम लोकतान्त्रिक गठबन्धनले यहाँ घरदैलोसहित चुनावी कार्यक्रम तीब्र पारेको छ । नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र) राष्ट्रिय जनमोर्चा, नेकपा (एकीकृत समाजवादी) सहितको पाँच दलिय बाम लोकतान्त्रिक गठबन्धनका नेता, कार्यकर्ता, शुभचिन्तकहरु आफ्नो साझा उम्मेदवार सहितको टोलीले चुनावी प्रचारप्रसार, मतदाता भेटघाट र घरदैलो अभियानलाई तिव्र पारेको हो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%१%

प्रतिक्रिया दिनुहोस