२०८१ बैशाख ८, शनिबार
नयाँ
पछिला अपडेट

नवलपुरमा एक हजार पाँच सय बढी अस्थायी मतदाता

२०७९ कार्तिक २०, आईतबार प्रकाशित ( साल अघि) ६१९ पाठक संख्या

प्रतिनिधिसभा र प्रदेशसभाको मङ्सिर ४ गते हुने निर्वाचनका लागि नवलपरासी ९बर्दघाट सुस्तापूर्व० नवलपुरमा एक अस्थायी मतदान केन्द्र रहने भएको छ । जिल्लामा रहेका सुरक्षाकर्मी, सरकारी कर्मचारीलाई मतदानको व्यवस्थाका लागि एउटा अस्थाइ मतदान केन्द्र राख्ने निर्णय भएको जिल्ला निर्वाचन कार्यालय नवलपरासी ९बर्दघाट सुस्तापूर्व० नवलपुरका प्रमुख लालप्रसाद शर्मा भुसालले जानकारी दिए ।

जिल्लाको कावासोती नगरपालिका–६ मा रहेको जनता मावि विष्णुनगरमा अस्थायी मतदान केन्द्र राख्ने निर्णय भएको छ । मतदान केन्द्रमा मतदान अधिकृतसहित तीन जना कर्मचारी र एक जना स्वयम्सेवक खटिनेसमेत उनले बताए । अस्थायी मतदान केन्द्रबाट निर्वाचनमा खटिएका कर्मचारी, सुरक्षाकर्मीले मतदान गर्ने प्रमुख भुसालले बताए । अस्थायी मतदाताले सङ्घ तर्फको समानुपातिक तर्फमात्रै मतदान गर्न पाउने व्यवस्था रहेको छ । नवलपुरमा कूल एक हजार पाँच सय ८६ अस्थायी मतदाता रहेको कार्यालय प्रमुख भुसालले बताए ।

जिल्लामा निर्वाचनका लागि आवश्यक सबै मतपत्र आइसकेका छन् । निर्वाचन प्रमुख भुसालका अनुसार निर्वाचनका लागि सङ्घ र प्रदेश तर्फ प्रत्यक्ष तर्फको आवश्यक मतपत्र जिल्लामा आइपुगेको छ । सङ्घ तर्फ नवलपुर १ का लागि कूल एक लाख ४५ हजार, प्रदेशतर्फ १ ९१० का लागि ७० हजार, १ ९२० का लागि ७५ हजार गरी कूल दुई लाख ९० हजार थान मतपत्र जिल्लामा आएको छ । निर्वाचन क्षेत्र २ सङ्घका लागि एक लाख ४३ हजार, प्रदेशतर्फ २ ९१० का लागि ७१ हजार र २ ९२० का लागि ७२ हजार मतपत्र गरी कूल दुई लाख ८६ हजार मतपत्र नवलपुर आइपुगेको प्रमुख भुसालले जानकारी दिए । सबै मतपत्र मुख्य निर्वाचन अधिकृतको कार्यालयमा आवश्यक सुरक्षा प्रबन्धसहित राखिएका छन् ।

दुई सङ्घ र चारवटा प्रदेशसभा निर्वाचन क्षेत्र रहेको नवलपुरमा कूल दुई लाख ६० हजार चार सय ६१ मतदाता रहेका छन् । निर्वाचन क्षेत्र नं १ सङ्घमा एक लाख ३१ हजार एक सय ८१ र २ तर्फ एक लाख २९ हजार दुई ८० मतदाता रहेका छन् । वैशाखमा सम्पन्न निर्वाचनपछि नवलपुरमा पाँच हजार आठ सय ४६ नयाँ मतदाता थपिएका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस